पार्वती थारु 

फागुन ९ तिलोत्तमा

रुपन्देहीको तिलोत्तमा १३ मा आज बुधबार बाट सुरु भएको  छैठौं न्यु सिर्जना कप नक आउट फुटबल प्रतियोगिता २०८० शुद्दोधन गाउँ  पालिका फर्साटिकर विजयी भएको  छ  । स्वः खगी गुरुङसेनीको स्मृतिमा  न्यु सिर्जना युवा कल्ब कराैजियाकाे आयोजनामा  खेल भइरहेको छ ।  । बुधबारको उद्घाटन खेल सिद्धार्थ कल्ब चपरहट्टी र शुद्धाेधन गाउपालिका शुद्धाेधनवीच भएको  हाे । खेलको अन्तिम समयसम्म   दुबै टिम बाट कुनै पनि गाेल नभए पछि खेल ट्राइब्रेकरमा  पुगेकाे  थियाे । ट्राइब्रेकरमा २ गोलका विरुद्ध  ४ गोल गर्दै शुद्धोधन गाउँ पालिका फर्साटिकर बिजयी भएको छ। यस्तै शुद्धोधन गाउँ पालिका फर्साटिकरका गोल किपर सौरभ गिरि  आजको खेलको म्यान अफ द म्याचभएका छन् ।

येस्तै बिहीवार  को खेल झरना स्पोर्ट्स कल्ब कुन्जलापुर भर्सेज सन्जिवनि युवा कल्ब देविनगर वागधुरा विच हुनेछ  । बुधबार  देखि सुरु भएको नक आउट फुटबल प्रतियोगिताको उद्घाटन तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वर देबि चौधरीले खेलाडी लाई  फुटबल दिएर  गर्नु भएको  थियो ।  स्वः खगी गुरुङसेनीको स्मृतिमा श्रीमान् क्याप्टेन नरजंग गुरुङको मुख्य प्रायोजन तथा तिलोत्तमा नगरपालिकाको सह प्रयोजन रहेकोे  छ  । खेलबाट स्थानिय  खेलाडी उत्पादन गर्न सहयोग पुग्ने आयोजक संस्थाका अध्यक्ष सोभित दर्लामी मगरले जानकारी दिए ।

प्रतियोगिताका बिजेताले नगद १ लाख १६ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता हुने टोलीले नगद रु ६० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । विद्यागत उत्कृष्ट खेलाडी लाई समेत नगद राशी सही पुरस्कृत गरिने छ  । खेल हेर्ने दर्शकका लागी क्वाटर फाइनलसम्म रु ५० र सेमिफइनलमा रु १०० टिकट रहेको छ भने महिला, वालवालिका र वृद्धलाई प्रवेश निशुल्क रहेको कल्बका प्रचारप्रसार संयोजक तथा सल्लहाकार धनबहादुर चौधरीले बताउनु भएको छ ।