
पार्वती थारू
फागुन २, बुटवल
नेपालको प्रथम सहिद क्यापटेन लखन थापा मगरकाे १४७ औ स्मृति दिवस भब्य रुपमा मनाइएको छ । फागुन २ गते बुधबार बुटवलकाे लखनचाेकमा स्मृति दिवस मनाइएकाे हाे । १० औ वर्ष अगाडि नेपालका प्रथम सहिद लखन थापाकाे शालिक बुटवलकाे चाैराहमा स्थापना गरिएकाे थियाे । कार्यक्रममा बोल्दै लखन चाैराह नाम रहने भनिए पनि राजमार्ग चाैराह भनिन्छ तर खासगरि लखन चाैराह रहेकाे नेपाल मगर सघं जिल्ला समिति रूपन्देहीका अध्यक्ष प्रेमबहादुर थापाले बताउनु भयाे । उहाले देशका लागि विलदान दिएका वीर सहिदकाे सम्मान गर्नुपर्ने बताउनु भयाे । नेपाल मगर सघं जिल्ला समिति रूपन्देहीका अध्यक्ष प्रेम बहादुर थापाको आतिथ्यता रहेको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर अेलराज पाण्डेकाे विशिष्ठा आतिथ्यता रहेको थियो । नेपाल मगर संघ केन्द्रिय समितिका उपमहासचिव कमला थापाकाे प्रमुख आतिथ्यता रहेको थियो । भव्य रुपमा सम्म्पन्न भएको कार्यक्रमको सन्चालन जिल्ला समितिका सचिव इन्दु थापाले गर्नुभएको थियो ।







