पार्वती  थारु

तिलोत्तमा, फागुन २

श्री पश्चिम्  पहुनी माध्यामिक  बिद्यालयको ६४ औ वाषिर्कोत्सव  तथा अभिभावक दिवस २०८० सम्पन्न भएको  छ  ।  तिलोत्तमा नगरपालिका  ६ पुर्ब पहुनीमा रहेकाे श्री पश्चिम्  पहुनी माध्यामिक  बिद्यालयको वार्षिक  उत्सब तथा अभिभावक दिवस समरोह  सम्पन्न भएको  हाे   ।  कार्यक्रममा बोल्दै तिलोत्तमा ६ का वडा अध्यक्ष गणेश  पाठकले बाेल्दै शैक्षिक  उन्नति र बिद्यालयको भौतिक  प्रगतिको शुभकामना व्यक्त  गर्नुभयाे  । किताब रटेर मात्र   विधार्थी  सफल हुन सक्दैन अतिरिक्त क्रियाकलाप गरेर बिद्यार्थीको चौतर्फी  बिकासमा पनि ध्यान  दिनुपर्ने बताउनु  भयो । बुधबार  सम्पन्न भएको कार्यक्रममा बोल्दै सहभागिहरुले बिद्यार्थिकाे  समग्र  विकासका लागि शिक्षक , विधार्थी र अभिभावकले पनि ध्यान  दिनुपर्नेमा  जोड  दिएका थिए ।  येस्तै कक्षा  ८  मा अध्यनरत विद्यार्थी आकृति  पाण्डेले बोल्दै  आफ्नो  पढाइलाई  आफै सुधार गर्दै लैजानु पर्ने  बताउनु भएको  थियाे । तिलोत्तमा ६ का वडा अध्यक्ष गणेश पाठकद्वारा उद्घाटन गरिएको थियाे ।

येस्तै विद्यालयका प्राचार्य दुर्गा नारायण श्रेष्ठले विद्यालयको वाषिर्क  प्रतिवेदन तथा भावि शैक्षिक  रणनीति  प्रस्तुत गर्नु भएको  थियो । श्री पश्चिम्  पहिनी मा बि का बिद्यालय  व्यस्थापन  समितिका अध्यक्ष  तथा समाजसेबी खुम बहादुर  थापा को अध्यक्षता  रहेको कार्यक्रममा प्रमुख  अतिथी तिलोतमा  वडा नं ६ का वडा अध्यक्ष  गणेश पाठक रहनु भएको  िथयाे । यस्तै  अतिथिहरुमा तिलोत्तमा नगर्पलिकाका कर्यपलिका सद्स्ये नर्बहदुर छन्त्याल, तिलोत्तमा ६ का वडा सदस्य पुर्ण  प्रसाद आचार्य , सीता  खनाल , गोबिन्द प्रसाद रिजाल, गिता गन्धर्ब , टेक बहादुर गुरुङ  लगायेत बिध्लयेक शिक्षक  , अभिभवक, बिध्यर्थी लगायत आमा समुह , अक्षकोस दाता लगायतको उपस्थिती रहेको थियो ।

बसन्त  पन्चमिको अवसरमा अयोजना गरिएको  कार्यक्रममा नव अगन्तुक विद्यार्थी  भर्ना र अक्षराम्भ लेख्न सिकाएर गरिएकाे थियाे । यस्तै विद्यार्थीलाई  विभिन्न  शैक्षिक पुरस्कार तथा छात्रावृति समेत प्रदान  गरिएकाे  थियो  । येस्तै वेष्ट  शिक्षक अवार्ड  बाट शिक्षक श्रीमाया थापा, आस्मी थापा  इन्दिरा गिरिलाई सम्मान गरिएकाे थियाे ।   कार्यक्रममा  देशभक्ती नृत्य, थारु  नाच प्रस्तुत  गरिएको  थियोे  भने  महिनावारी र मनब बेचबिखन सम्बन्धी सामाजिक  सचेतनामुलक  लघु नाटक  पनि प्रस्तुत गरिएको थियो। विद्यालयका सह प्राचार्य पुन्य बहादुर  बगालेको स्वागत  मन्तव्य रहेको कार्यक्रमको सन्चालन बिद्यालय  शिक्षक  इन्दिरा गिरिले गर्नु भएको थियो।