
पार्वती थारु
तिलोत्तमा, माघ २७
न्यु सिर्जना युवा कल्बको आयोजनामा छैठौं न्यु सिर्जना कप नक आउट फुटबल प्रतियोगीता (२०८०) यहि फागुन ९ गते देखि सुरु हुने भएको छ । तिलोत्तमा १३ निवासी स्व.खगी गुरुङसेनीको स्मृतिमा छैठौं न्यु सिर्जना कप नक आउट फुटबल प्रतियोगीता (२०८०) हुन गइरहेको हो । न्यु सिर्जना युवा क्लबका संरक्षक क्याप्टेन नरजंग गरुङ तथा स—परिवारको मुख्य प्रायोजक रहेको नक आउट फुटवल प्रतियोगीतामा प्रथम हुने टिमलाई रु.१ लाख १६ हजार नगद राशि सहित मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टिमलाई रु.६० हजार नगद राशि सहित मेडल र प्रमाणपत्रले सम्मान गरिने छ । यस्तै विद्यागत उत्कृष्ट खेलाडीलाई रु.५ हजार नगद राशि सहित मेडल र प्रमाणपत्र, सर्वाधिक गोलकर्ता खेलाडीलाई रु.५ हजार नगद राशि सहित मेडल र प्रमाणपत्र, उत्कृष्ट गोलकिपरलाई रु.३ हजार नगद राशी सहित मेडल र प्रमाण पत्र र उदयमान खेलाडीलाई रु.३ हजार नगद सहित मेडल र प्रमाण पत्रले सम्मान गरिने छ । यस्तै हरेक खेलको म्यान अफ द म्याचलाई पनि पुरष्किृत गरिने आयोजकले जनाएको छ । टिम दर्ताका लागी रु. ८ हजार रहेको आयोजकले जानकारी दिएको छ ।

“खेल खेलौं स्वस्थ रहौं, राष्ट्रलाई टेवा पुर्याऊँ,” भन्ने मुल नारा सहित प्रतियोगीता सन्चालन हुन गइरहेको कल्बका अध्यक्ष सोवित थापा दर्लामीले बताउनु भएको छ । युवालाई खेलप्रति आकर्षित गर्दै लागु पदार्थ दुव्र्यसनी बाट बचाउने, स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म दक्ष खेलाडी उत्पादन गरी सहभागीता गराउने उद्देश्यले हरेक वर्ष जस्तै यस वर्ष पनि नकआउट फुटवल प्रतियोगीता आयोजना गर्न लागेको अध्यक्ष दर्लामीले बताउनु भएको छ । यस्तै आम नेपाली युवाहरुको हकहित र अधिकार प्रति जागरुक बनाई उनीहरुको मानसिक, शारीरिक, बौद्धिक, शैक्षिक स्तरमा सुधार गर्ने सशक्त माध्यम नै खेलकुद रहेको कल्बका प्रचार प्रसार संयोजक तथा सल्लाहकार धन वहादुर चौधरीले बताउनु भयो । उहाँले भन्नु भयो— ‘खेल खेलमा मात्रै सिमित हुदैंन, व्यवहारमा लागु हुदै व्यवाहारिक जीवनसगँ पनि सम्बन्धित हुन्छ, र सामाजिक विकासम टेवा पुग्छ ’ । यहि फागुन ९ गतेदेखि सुरु हुन गइरहेको नक आउट फुटवल प्रतियोगीता फागुन २६ गते सम्म चल्ने छ । न्यु सिर्जना युवा कल्बको खेलमैदान तिलोत्तमा १३ करौजियामा ( विश्व शान्ति बौद्ध गुम्बा मन्दिर नजिकै ) हुनेछ । 
न्यु सिर्जना युवा कल्ब तिलोत्तमा १३ को आयोजनामा सन्चालन हुन गइरहेको प्रतियोगितामा मुख्य प्रायोजकमा क्लबका संरक्षक क्याप्टेन नरजंग गरुङ तथा स—परिवार, सह प्रायोजकमा तिलोत्तमा नगरपालिका र तिलोत्तमा नगरपालिका वडा नं १३ रहेका छन् । यस्तै मिडिया पार्टनरमा गोल नेपाल डट.कम., लोक अखबार डट.कम., तिलोत्तमा सिटी न्युज र तिलोत्तमा एफ एम ९६.४ मेगाहज माणिग्रम रहेका छन् ।







