पार्वती थारु
माघ १
तिलोत्तमा नगरपालिकामा विभिन्न जातजातिको आ आफ्नो भेषभुषा तथा संस्कृति र पहिचान रहेकाले सबै समुदायको पहिचान र संस्कृति संरक्षणमा नगरपालिका सधै तयार रहेको तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वर देवी चौधरीले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका उहाले सबैको धर्म सस्कृति संरक्षण र प्रवर्धनका लागी नगरपालिका नगर वासीको साथमा रहेको बताउदै नगरवासीको साथ र सहयोग पनि आवश्यक रहेको उपप्रमुख चौधरीले बताउनु भयो । २६४७ औ थारु नयाँ बर्ष माघी पर्व खिचडीको अवसरमा माघ १ गते करौजियमा आयोजना गरिएको कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

तिलोत्तमा १३ करौजिया भएको खिचडी कार्यक्रममा न्यू सिटि युवा कल्ब अध्यक्ष तेत्रा चौधरी को आथिथ्य्तामा भएको कार्यक्रममा प्रमुख अतिथि त्तिलोत्तमा नगर पलिकाका मेयर राम कृष्ण खाण , नगर उपप्रमुख जागेशवर देवि चौधरि , तिलोत्तमा वडा न १३ का वडा अध्यक्ष नारायण ढकाल, तिलोत्तमा पुव कर्यपालि का सदस्य एच बी रम्तेल, राष्टिय जनमुक्ति पार्टी लुथम प्रदेश नं ५ का अध्यक्षा झमबहादुर गुरुं , तिलोत्तमा नगरपालिका वडा नं ६ का अध्यक्ष्ाँ गणेश पाठक, वडा न) १४ का आश्विन पौडेल, तिलोत्तमा नगरपालिका    थारु कल्याणकारिणी सभा तिलोत्तमा नगरका अध्यक्ष आशा कुमारी चौधरी लगायत समाजसेवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मयुर नाच, सगै थारु झाकीँल थारु नृत्य तथा विभिन्न कलाकारको विशेया प्रस्तुती रहेको थियो ।

२६४७ औ थारु नयाँ बर्ष माघी पर्व खिचडीेको अवसरमा आयोजना गरिएको १७ औ महोत्सब तथा सास्कृतिक कार्यक्रम २०८० सोमबार भव्य रुपमा सम्म्पन भएको छ । कार्यक्रमको सन्चालन राजन चौधरी र अमर चौधरीले गर्नु भएको थियो ।