
पार्वती थारु
थारु कल्याण कारीणी सभा तिलोत्तमा नगर समितिको आयोजनामा १० औ माघी महोत्सव तथा वृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । थारुको नयाँ वर्ष २६४७ औ को पवन अवसरमा तिलोत्तमा १३ वभनीमा रहेको थारु संग्राहलय प्रवर्धन केन्द्रको परिसरमा पुष २९ गते आइतबार कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य तुल्सी प्रसाद चौधरले माघीको शुभकामना दिदै १३ नं वडा बाट आफुलाई २ पटक जिताएकाले आउने दिनमा यस वडाको जुनसुकै विकास निर्माणका लागी तम्तयार रहेको प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो । यस्तै कार्यक्रमका विशिष्ट अतिथि तथा तिलोत्तमा नगरपालिकाका उपमेयर जागेश्वर देवी चौधरीले बोल्दै नगरपालिका सधै नगरवासीको विकास र प्रर्वधनमा लागेकोले विभिन्न सिपमुलक, आयआर्जनका कार्यक्रम गर्न, भाषा संस्कृतिको संरक्षण गर्न, सम्मान गर्दै अगाडि लैजान सहयोग गरिरहेको र अगामि दिनमा पनि गरिरहने बताउनु भयो । कार्यक्रममा विभिन्न झाँकी, थारु साँस्कृतिक नृत्य , थारु परिकारका विभिन्न खाना -ढिकरी, मछरी, घोंघी, पतुसनी, अनदीको भुजा) पनि राखिएको थियो । भव्य र सभ्य रुपमा सम्पन्न भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तुलसी प्रसाद थारुको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिहरुमा थारु कल्याण कारिणी सभा केन्द्रिय वारिष्ठ उपाध्यक्ष एंव लुम्बिनी प्रदेश सभा सदस्य देवी प्रसाद चौधरी, लुम्बिनी प्रदेश सभा सदस्य निर्माला चौधरी, थारु कल्याण कारिणी सभा केन्द्रिय सदस्य एंव निर्वतमान लुम्बिनी प्रदेश सभा सदस्य पुष्पा चौधरी, तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्णा खाँड, उपप्रमुख जागेश्वरदेवी चौधरी रहनु भएको थियो । यस्तै थारु कल्याण कारिणी सभा केन्द्रिय पार्षद एंव सियारी गाउपालिकाका उपप्रमुख तारा चौधरी, थाकस केन्द्रिय पार्षद पुनम चौधरी, थारु कल्याण कारिणी सभा जिल्ला कार्य समितिका उपसभापति सत्यनारायण चौधरी, थाकस तिलोत्तमा नगर समितिका सल्लाहाकार एंव लुम्बिनी सिड्स प्रा.लि.का पन्चराम चौधरी, आदिवासी जनजाति महासंघ तिलोत्तमा नगर परिषदका अध्यक्ष आशा गुरु, लगायत सबैको उत्साहजनक उपस्थिति रहेको थियो ।


यस्तै माघी महोत्सवमा आयोजना गरिएको कार्यक्रममा तिलोत्तमा नगरपालिका भित्रका ० जना जेष्ठ नागरिक सम्मान, गारिब तथा जेहेन्दा विद्यार्थी सम्मान,जापान गोजुरियो मिसन डो करातेका खेलाडी सन्तु दंगोरिया र सन्जु चौधरीलाई सम्मान, रक्तदान गर्ने २० जना लाई सम्मान, समाजलाई विकासको गातिमा रुपान्तरण गर्न योगदान पुर्याउने क्रियाशील थारु पत्राकार पार्वती थारु , रोशनी कंवर थारु र सृजना थारलाई प्रमाण पत्र सहीत दोसल्ला ओढाएर सम्मान गरिएको थियो । थारु कल्याण कारिणी सभा तिलोत्तमा नगर समितिका अध्यक्ष आशाकुमारी चौधरीको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन सन्तुदंगोरिया र रोशनी कंवर थारुले गर्नु भएको थियो ।







