पार्वती थारु

 

गाउँघरमा मखमली र सयपत्री फूलको वास्ना लिएर तिहार पर्व को रौनक आइसकेको छ । तिहारको वेलामा कुनै पनि अपराधिक क्रियाकलाप हुन नदिका लागी तिलोत्तमा नगरपालिका भित्र मात्र नभएर अन्य ठाउँमा पनि सुरक्षाका साथ तिहारलाई मनाउनका लागी प्रहरी प्रशासन अहोरात्र नागरिकको सेवा र सुरक्षामा खाटिएको छ । शान्ति , सुरक्षा एवम् अपराध अनुसन्धानको विषयमा जिम्मेवारीका साथ भुमिका निभाउदै आउनुभएका इलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीका इन्चार्ज लोकनाथ पाण्डेले सुरक्षित रुपमा तिहार पर्व मनाउन आग्रह गर्नुभएको छ । उहाले गृहमन्त्रालयले पुणर् रुपमा प्लास्टिकका माला विक्री वितरण नगर्न र प्रयोग नगर्न पनि अनुरोध गरेको बताउदै प्राकृतिक फुलको माला प्रयोग गनुपर्नेमा जोड दिनु भएको छ । प्लास्टिकको माला विक्री वितरण गरिएको खण्डमा कारबाही गरिने इन्चार्ज पाण्डेले बताउनु भएको छ । चाडवाडमा विशेष सुरक्षा योजना बनाएर नागरिकलाई सुरक्षित वातावरणमा तिहार पर्व मनाउनका लागी , ठाउँठाउँमा प्रहरी गस्ती पनि परिचालन गरिएको उहाले बताउनु भएको छ । साथै उहाले देउसी भैलो खेल्दा निर्धारित समयवधि भित्र मात्र खेल्ने, जाडरक्सी , जुवातास नखेल्ने , तीव्र गातिमा सवारी साधन नचलाउने , जानै पर्ने छ भने समय लिएर जाने , हतारमा नहिड्ने , पटाका नपड्काउने पनि बताउनु भएको छ । हतारमा हिड्दा र्दुघटना हुन सक्ने, पटका पड्काउदा झिल्का आखाँ वा अन्य शरीरको भागमा पर्न सक्ने भएकाले जोखिम हुने , वालवालिकालाई आभिभावकले पनि पटका नदिने , विक्री वितरण पनि नर्गन सुझाव दिनु भएको छ । यदि कहि कतै अनावश्यक होहल्ला, लडाइ झगाडा, जस्ता अपराधिक क्रियाकलाप भइरहेको छ भने नजिकैको प्रहरीमा खबर गर्नका लागी पनि इन्चार्ज पाण्डेले अग्रह गर्नु भएको छ । उहाले तिहारको अवसरमा शुभकामना दिदै सबै ठाउँमा प्रहरी पुग्न नसक्ने हुदाँ नागरिकले प्रहरीलाई र प्रहरीले नागरिकलाई एकआपसमा सहयोग गर्न पनि अग्रह गर्नु भएको छ । उहाले भन्नु भयो “चाडवाड लाक्षित सुरक्षा योजना बनाएका छौ , जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहर िकार्यालय वुटवलसगँ समन्वय गरेर चाडपर्व लाक्षित सुरक्षा योजना बनाएको र त्यही अनुसार कार्यान्वयन पनि हुने छ ।” नागकिले पनि चोरी वा लुटपाट पर्वमा हुने भएकोले घरको झ्याल ढोका राम्रो सगँ लगाउने , सुनसान बनाएर घर खोलेर नजाने , जानै पर्ने भएका छिमेकी वा प्रहरीलाई खबर गरेर गएमा चोरी वा लुटपाट हुनबाट बच्न सकिने इन्चार्ज पाण्डेको भनाइ छ ।


रुपन्देहीमा देउसीभैलो राति १० बजेसम्म मात्र खेल्न पाइने भएको छ । चाडपर्वलाई मर्यादित, व्यवस्थित एवं शान्तिपूणर् तरिकाले मनाउन चाडपर्वको अवसरमा देउसी, भैलो, नाचगान लगायतका मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरू सम्बन्धित निकायको स्वीकृतिमा मात्र गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना जारी गर्दै आग्रह गरेको हो । यस्ता कार्यक्रमहरू रातको १० बजेसम्म मात्र गर्न आग्रह गर्दै सूचनाको बर्खिलाप हुने क्रियाकलापहरू प्रचलित कानुनको दायराभित्र आउने प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । त्यस्तै पटका, आतिसबाजी जस्ता प्रज्वलनशील पदार्थको प्रयोग तथा जुवातास खेल्ने कार्य कानुनतः पूणर् रूपमा निषेधित रहेकाले यस्ता कार्य दण्डनीय हुने भएकाले नगर्न/नगराउन पनि प्रशासन कार्यालयको आग्रह छ ।
तिहारलाई अनावश्यक खर्च नगरेर राम्रो सगँ मनाउनुपर्ने तिलोत्तमा ९ मंगलापुरमा एसएपि टेर्डसका प्रोप्रइटर मधुकर प्रसाद पौडेलले बताउनु भयो । उहाँले तिहारको शुभकामना दिदै जाडरक्सी नखाने , होहल्ला नगगरी राम्रो सगँ तिहार मनाउनु पर्नेमा जोड दिनु भएको छ । यस्तै तिलोत्तमा ९ निवासी गीता न्योपानेले पनि दाजुभाई र दिदी वाहिनीको आत्मीयताको उत्सवको पर्व तिहार भएकाले सौहर्दपुणर् वातावारणमा रमाइलोका साथ मनाउनुपर्नै सुझाव दिनु भएको छ । मौलिक परम्परालाई आत्मासात गर्दै विकृति विसंगतिलाई हटाउदै सही र व्यवस्थित तारिकाले तिहार मनाउन सकियो भने तिहार भव्य र सभ्य दुवै हुने उहाले बताउनु भएको छ ।

तिहारलाई थारु समुदायमा “अमौसा ” भनेर मान्ने मनाउने चलन रहेको छ । पुर्खौ देखि मानिआएको संस्कार , धर्म र परम्परा आफै विकृत नभएर विकृतिको शिकार भएको भन्दै शिक्षित युवा वर्गले मौलिक संस्कृति र पहिचानको संरक्षण गर्दै मनाउनु पर्नेमा तिलोत्तमा वडा नं १३ का समाजसेवी धनवहादुर चौधरीले बताउनु भयो । उहाले भन्नु भयो “चाडपर्व रमाइलो त्यतिवेला हुन्छ जातिवेला परिवारमा खुसी र हर्ष छाएको हुन्छ” । सानालाई माया र ठुलालाई सम्मान गर्ने बानीको विकासका लागी पनि चाडपर्वको भुमिका अतुलनीय रहेको चौधरीको भनाइ छ ।

“ तिहार त्यतिबेला स्वस्थ र सुरक्षित हुन्छ जब मानिस स्वस्थ र सुरक्षित हुन्छ । किनभने विरामी भएर वा होहल्ला अथवा कोलाहलमा तिहार राम्रो सगँ मनाउन सकिदैन ” — तिलोत्तमा ३ निवासी हाल कपिलबस्तुको अविराव स्वास्थ्य चौकीमा छैठौ तहमा कार्यरत अनमी मिना पाण्डेको भनाइ छ । उहाँले सुरक्षित र स्वास्थ खानापिनमा ध्यान दिनुपर्नै कुरामा जोड दिनु भएको छ । उहाले स्वास्थ्थ जीवनशैली लाई नविगरिकन तिहार मनाउनु पर्ने बताउनु भएको छ । तिहार पकाइने परिकार स्वादिलो र स्वस्थकर पनि हुन जरुरी छ , किनकी शरीरको सन्तुलन मिलाएर खानेकुरा खाइएन भने अपच हुने, ग्यास्टिक हुने , पेट दुख्ने , टाउको दुख्ने , उल्टी हुने लगायतका समस्या हुन सक्ने भउको विशेष ख्याल गर्नुपर्छ , अनि हात सावुन पानी ले सफासगँ धोएर , खानेकुरा खानु पर्ने सुझाव पनि दिनु भएको छ । सबै जना तिहारपर्व मनाउनका लागी आजैदेखि घर गाँउ सरसफाइ पनि गरेका छन् । तिहार पर्व जसरी झिलीमिली बत्ती वालेर उज्यालो पर्वका रुपमा मनाइने हुनाले रिस , राग, घमण्ड नगरी मेलमिलापका साथ बस्न र आइरपेका समस्या समाधान गर्दे जीवनमा अगाडि बढ्नका लागी सामाजिक चेतना पनि ल्याउने पवको रुपमा पनि लिने गरिन्छ । उहा भन्नु हुन्छ “ म तिहार एक्लै मनाउन सक्दिन किनभने म सामाजिक प्राणी हो, जसरी समुदायमा मिलेर बसेको छु त्यसरीले तिहार पर्वलाई पनि समाजमै एकआपसमा मिलेर मनाउछु , टाढा टाढा रहेका अफन्त, पढ्न गएका , काम गर्न गउका परिवारका सदस्य जबसम्म घरमा आउदैनन् तबसम्म तिहार आएको जस्तो लाग्दै “ यो तिहारले मानिसलाई समाजिक चेतना अभिवृद्धि गराउनका लागी हरेक वर्ष आउने गर्दछ ।