पार्वती थारु

मंसिर १६ मणिग्रममा

रुपन्देहीकोमणि ग्रममा तेस्रो राष्टिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रर्वद्धन महोत्सव (२०८०) चलिरहेको छ । ‘सबल अर्थतन्त्रको आधार, कृषि, एवम पर्यटन, उद्योग र व्यापार’ भन्ने मुल नाराका साथ आयोजना गरिएको महोत्सव मंसिर १७गते आइतबार सम्म चल्ने छ । महोत्सवमा आज -शानिबार) चर्चित गायक कुलेन्द्र विश्वकर्माको विशेष प्रस्तुति रहनेछ । यस्तै हस्या कलाकार राजेन्द्र नेपाली (लट्टे )र सिमा नेपाली, गायक रामप्रसाद पौडेल, गायिका मन्जु भट्राई साथै विभिन्न साँसकृतिक कार्यक्रमहरु हुने साँस्कृतिक समितिका संयोजक तथा साउन्ड सिस्टम व्यवस्थापक धन बहादुर गुरुङले बताउनु भएको छ । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा सन्चालनमा आएको महोत्सवमा तिलोत्तमा नगरपालिका , तिलोत्तमा व्यापार संघ र उद्योग व्यापार संगठन तिलोत्तमाको सहआयोजना रहेको छ । दर्शक र व्यवसायीहरुको माग अनुसार अगामि मंसिर १७ गते आइतबार सम्म मेला सञ्चालन हुने मेलामा स्थानीय उत्पादनहरुलाई विशेष प्राथमिकता दिइएको र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नका लागि निःशुल्क स्टलको व्यवस्था रहेको आयोजकले जनाएको छ ।