“रिगं वर्म वा दादको संक्रमण न्यानो र ओसिलो वातावरणमा यो फंगस वृद्धि र विकास छिटो रुपमा फैलिदै जानु, जुन व्यक्तिको शरीर कमजोर छ , रोग सगँ लाड्ने रोग प्रतिरोधात्मक क्षमता कमजोर छ त्यस्ता व्यक्तिलाई दाद गराउने फंगसले अनुकुल वातावरण पायो भने दाद गराउछ तर समयमा उपचार गरेमा यो निको पनि हुन्छ । ”
कोटहीमाई गाउँपालिका रुपन्देही को मझगावा स्वास्थ्य चौकीका सिनमारमार कोहार सगँ

 

१. रिगं वर्म वा दाद भनेको कस्तो संक्रमण वा रोग हो ?
रिगं वर्म वा दा दभनेको एक प्रकारको फंगस वा ढुसीका कारणले हाम्रो छालाको वाहिरी सतहमा गोलाकार टाटोको रुपमा देखा पर्ने सुख्खा, खस्स्रो र एकदमै चिलाउने खालको दागलाई रिगं वर्म वा दाद भनिन्छ । खासगरी सुरुमा औंठीको आकारमा देखिने हुनाले यसलार्य रिगं वर्म भनिएको हो । यो फंगसको संक्रमणले हुने गदर्छ । त्यो फंगस टाइकोफाइटन र माइक्रोस्कोरस जातको फंगसले हाम्रो शरीरको छालाको वाहिरी सतहमा संक्रमण गरेर दादको समस्या ल्याउँछ , त्यसैले यसलार्य रिगं वर्म वा दाद पनि भनिन्छ ।
२. यो दाद लाग्ने फंगस कुन कुन किसिमले उत्पादन हुन्छ र हाम्रो शरीरको कुन भागमा वढी प्रभाव पार्न सक्छ ? र दादको समस्या गराउँछ ।
यो खासगरी हाम्रो शरीरमा न्यानो तथा ओसिलो वातावरण पाएर बढी सक्रिय हुने गर्दछ । जस्तै ःकाखी, गाुप्तांग अन्य लुकेका ठाउँ जस्ता भागमा बढी संक्रमण हुने गर्दछ । जहाँ न्यानो र ओसिलो बतावारण हुन्छ त्यही बाटै उत्पादन हुन्छ र त्स्तो वातावरणमा बढी वृद्धि विकास हुन सक्छ । जसले गर्दा कुनै कुनै व्यक्तिलाई दाद छिटो छिटो संक्रमण हुने र आकारमा पनि बढ्दै जान सक्छ । त्यसैले यसको समयमा नै उपचार अनिवार्य रुपमा गराउनु पर्छ ।
३.दाद वा रिगं वर्म मानव शरीरमा कुनकुन कारणले लाग्ने वा सर्नै गर्दछ ?
द्याद हुने मुख्य कारण के हो भने यदि कुनै व्यतिmको शरीरमा न्यानो वा ओसिलो बातावरण पायो र दाद गराउने फंगसले संक्रमण गर्यो भने हुन्छ । त्यस्तै अर्को कारणमा यदि परिवारमा कसैलाई भएको छ , रिगं वर्म वा दाद भने उसले प्रयोग गरेका सरसमान , लत्ताकपडाहरु सावुन , काइँयो लगायतका सामान स्वस्थ मानिसले प्रयोग गर्न थालेको छ भने पनि यो संक्रमण एक वाट अर्को व्यक्तिमा सर्न सक्छ । त्यसैले सावधानी अपनाउन जरुरी छ । अनि अर्को अवस्थामा पनि व्यक्तिको एक ठाउँबाट अर्कौ ठाउँमा पनि फैलिन सक्छ । यदि ठुला नङ छ । त्यसले दाद भएको ठाउँमा चिलाउदा खेरि त्यहि नङले शरीरको अर्कौ ठाउँमा कन्याउदा पनि सर्न सक्ने हुन्छ । यसकारण सामान्य जस्तो घाउ खटिरा जस्तै देखिए पनि यो दादको संक्रमण निकै जटिल पनि हुन्छ ।
४. यसो हो भने के यो संक्रमण सबै उमेर समुहका व्यक्तिलार्य लाग्ने गर्छ कि लक्षित उमेर समुहमा मात्र लाग्छ ? यसको विषयमा पनि प्रष्ट पारिदिनुस् न ।
यसमा कुनै निश्चित छैन कि यो -यो उमेरसमुहलाई हुने अर्कौ उमेर समुहलाई नहुने अथवा सानालाई मात्र हुने ठुलालाई नहुने , ठुलालाई मात्र हुने सानालाई नहुने , वा माहिलालाई हुने पुरुषलाई नहुने , पुरुषलाई मात्र हुने माहिलालाई नहुने भन्ने यस्तो केही पनि हुदैंन । यो सबै उमेर समुहका मानिसलाई पनि लाग्न सक्छ । जुन व्यक्तिको शरीरमा न्यानो वा ओसिलो वातावरण भयो र त्या दादको फंगसले संक्रमण गर्यो भने दाद हुने गर्दछ ।
५ं रिगं वर्म वा दाद अरु कुन कुन कारणले लाग्न सक्छ , जुन कुरा हामीलाई पनि थाहा हुदैंन ?
क) सबै भन्दा पहिला त व्याक्तिको शरीरमा दाद वा रिगं वर्मको फंगस वा ढुसी उत्पादन हुनका लागी न्यानो र ओसिलो वातावरण बन्नु,
ख) न्यानो र ओसिलो वातावरणमा यो फंगस वृद्धि र विकास छिटो रुपमा फैलिदै जानु, जुन व्यक्तिको शरीर कमजोर छ , रोग सगँ लाड्ने रोग प्रतिरोधात्मक क्ष्मता कमजोर छ त्यस्ता व्यक्तिलाई दाद गराउने फंगसले अनुकुल वातावरण पायो भने दाद गराउछ ,
ग) कसैलाई एच् आइ भी एड्स संक्रमण भएको छ भने उसलाई पनि हुन सक्छ , जसले वढी कस्सिएका लुगा लगाउने , पसिना नसोस्ने कपडा लगाउने , शरीरको सरसफाइमा ध्यान नदिने गर्दा पनि दाद वा रिगं वर्मको संक्रमण भएर समस्या आउन सक्छ । र दाद वा संक्रमित व्यक्तिले प्रयोग गर्ने सरसामान स्वस्थ व्यक्तिले प्रयोग गरेको खण्डमा यो रोगको समस्या हुने गर्छ ।
घ) नुहाएर हतारहतारमा शरीर भिजेको अवस्थामै कपडा लगाउने बानी छ भने , त्यस्तै वर्ष भएको पानीमा धेरै वेरसम्मा भिज्दा भिजेको कपडा लगाइरहदा पनि यसको संक्रमण गराउँछ । यस्तै आजकाल त घरमै पनि कुकुर वा विरालो पाल्दा उसमा रौं झर्नै वा अन्य कुनै छालासम्बन्धी समस्या छ , त्यसले घरको लुगा , विस्तारा वा अन्य कुनै ठाउमाँ त्यसको कन्याउदाको रौहरु झरेको छ , र हामी त्यसको सम्पर्कमा आयौं भने पनि यसको संक्रमण गराउछ । त्यसैले सरसफाई निकै जरुरी छ ।

६.दादको सुरुको अवस्थामा लक्षण कस्ता खालका देखिन्छन् र पछि उपचार गरिएन भने बढ्दै जादा कस्तो लक्षण देखिन्छन् । यसले जोखिम हुन्छ कि हुदैन ?
हेर्नुस् सुरुको अवस्थामा हात , खुट्टा , टाउको , छाती ,हत्केला , दाह्री, नङ, पेट, गुप्ताङग लगायतका ठाउँमा हुन सक्छ । सुरुको अवस्थामा यो औंठकिो आकारमा गोलो र टाटोको रुपमा देखा पर्छ । विचको भागमा रौहरु झरेको चिडचिडाहट् हुने , धेरै भन्दा धेरै कन्याइरहन मन लाग्ने , धेरै कन्याउनुपर्दा रिस उठ्ने हुन्छ , सुरुमा यो सानो सिक्को गोलो अकारमा विविरा जस्तै देखिन्छ र बढी मात्रामा चिलाउदै जादा बढ्दै जान्छ । समयमा यसको उपचार गरिएन भने छालासम्बन्धी अन्य रोगहर पनि गराउन सक्छ । कहिले काही यसको उपचार समयमा गरिएन भने यसले ठुलो रुपमा पनि देखा पर्न सक्छ । शरीर भरी पनि हुन सक्छ जसले धेरै समयसम्म औषधीको सेवन गर्नुपर्नै अवस्था पनि निम्त्याउन सक्छ । त्यसैले समयमै यसको उपचार गर्न सल्लाह दिन्छु ।
७. दाद वा रिंग वर्मको उपचार गर्दा कसरी गर्नुपर्छ त? अब यसको बारेमा बताइदिनुस् न ?
यो संक्रमण भए नभएको सबैभन्दा पहिला त जाचँ गराउनु पर्छ अनि जाचँ गरिसकेपछि मात्र चिकित्सकको सल्लाह बमोजिम औषधी खाने वा लगाउने गर्नुपर्छ । त्यसपछि घरमा कसैलाई भएको छ भने उसले प्रयोग गर्नै हरेक समान अलग राख्ने र त्यसलाई अरुले प्रयोग गर्नु हुदैंन , नियमित सरसफाइमा ध्यान दिनुपर्छ , लगाउने लुगा तथा कपडाहरु घाममा पुणर् रुपमा सुकाएर मात्र संक्रमित रोगीले पैयोग गर्नु पर्छ । शरीरमा भिजेको लुगा लगाउनु हुदैन । र यदि यस रोग लागेका छ भने खाएमा चिलाउने खालका खानेकुरा पनि खानु हुदैन , । यो रोग अत्याधिक चिलाइरहने हुदा नङ ठुला ठुला नपाल्ने , वेलाबेलामा काट्ने , चिलाउनै पर्ने भएमा अन्य कुनै बसतुको साहराले चिलाउने र त्यसले शरीको अन्य कुनै भाग नचिलाउने । छालासम्बन्धि डाक्टरसगँ जाचँ गराएर नियमित औषधी खानुपर्छ । किनभने यो माथिबाट हेर्दा सन्चो भउको जस्तो दखिन्छ तर भित्री रुपमा यसका फंगस रहीरहेका हुन्छन् । औषधीको मात्रा पुरा रुपमा खान छोडियो भने यो फेरि हुन सक्छ । यस कुरामा पनि ध्यान दिनु पर्छ । दादको व्याक्टेरिया पुरारुपमा सन्चो नभएको पनि हुन सक्छ त्यसैले औषधी खादा र छोड्दा डाक्टरको सल्लाह र परामर्श अनुसार नै गर्नुपर्छ । किनभने दाद एक निश्चित समयको हुने भउकाले औषधी खादाँ लापरवाही भयो भने फेरि समस्या आउन सक्छ । एन्टि फंगल क्रीम डाक्टरको सल्लाह अनुसार नै लगाउने गनुपर्छ । यी सबै कुरा अपनाउन कठिन छैन । सरल र सहज तारिकाले व्यवाहारमा उर्तान सकिन्छ । । त्यसैले दाद वा रिंग वर्म रोगको संक्रमण बाट आफु पनि बचौ र अरुलाई पनि बचाऔं । यहि सन्देश दिन चाहान्छु ।