कोटिहवा, फाल्गुन २,
सुन्दर गुरुङ
कोटिहवा स्थित नोबल इन्भायरोमेन्ट एकेडेमीले बसन्त पञ्चमीको अवशरमा १३ औँ बार्षिकोत्सव तथा अभिभावक भेला विभिन्न कार्यक्रम गरि मनाएकाे छ ।
बार्षिकोत्सवको अवशरमा विद्यार्थीहरुले विज्ञान प्रर्दशनी, तथा विद्यार्थीहरुको पाएको उपाधीहरुको प्रर्दशनी तथा साँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।
बार्षिकोत्सवको अवशरमा पुर्व प्राथमिक विद्यालयदेखि स्नेहा गुरुङ, प्राथमिक विद्यालयदेखि सान्भि क्षेत्री, र माध्यमिक तहदेखि दिपेन्द्र रेग्मीलाई उत्कृष्ट विद्यार्थी पुरस्कारबाट सम्मान गरिएको थियो । त्यसै गरि शिक्षकहरु तर्फ पुर्वप्राथमिक तहदेखि ज्ञानु सिंजाली, प्राथमिक तहदेखि बालकुमारी थापा र माध्यमिक तहदेखि रक्षा सिंहलाई उत्कृष्ट शिक्षको पुरस्कारदेखि सम्मानित गरिएको थियो ।
कार्यक्रममा लुम्बिनी विश्वविद्यालयका केन्द्रिय क्याम्पसका क्याम्पस प्रमुख निर गुरुङले विद्यालयको बार्षिकोत्सवको अवशरमा विद्यार्थीहरुले गरेका विज्ञान प्रर्दशनी तथा विद्यार्थीहरुको प्रस्तुतिको प्रशंसा गर्दै अबको विश्व विज्ञान र प्रविधीको युग भएकाले मसिन र रोबटहरुले मानिसको रोजगारी खोसिदै गएकाले कि सिप युक्त, कि समस्या समाधान गर्ने या कला र साहित्य क्षेत्र तर्फ लाग्ने विद्यार्थीले मात्र विश्व परिबेशमा विक्न सक्ने भएकाले त्यस्तो शिक्षा तर्फ जोड दिनु पर्ने बताएका थिए । कार्यक्रममा पशुपति कलेजका प्रमुख जितबहादुर रासकोटी, शिक्षक अभिभावक संघका अध्यक्ष धर्मु गिरी, विद्यालयका प्रबन्धक सुन्दर गुरुङले मन्तव्य राखेका थिए । त्यसै गरि विद्यालयका प्रिन्सिपल खिनु गुरुङले विद्यालयको बार्षिक प्रतिबेदन बाचन गरेका थिए ।
कार्यक्रममा विद्यालयका शैक्षिक संयोजक स्रिमन रेग्मीले स्वागत र शिक्षिका रक्षा सिंहले कार्यक्रम सञ्चालन र विद्यालयका अध्यक्ष पूर्णबहादुर गुरुङको अध्यक्षता रहेको थियो ।