पार्वती थारु

रुपन्देहीको तिलोत्तमा १३ वभनीमा १० औ माघी महोत्सव तथा वृहत साँस्कृतिक कार्यक्रम २०८० हुने भएको छ । थारु संवत् २६४७ औ को पवन अवसरमा थारु कल्याण कारिणी सभा तिलोत्तमा नगर समितिको आयोजनामा यहि पुष २९ गते आइतबार थारु संस्कृति प्रवर्धन तथा संग्राहलय, तिलोत्तमा १३ बभनीमा कार्यक्रम हुने थारु कल्याण कारिणी सभा तिलोत्तमा नगर समितिका अध्यक्ष आशाकुमारी चौधरीले बताउनु भयो । यस्तै कार्यक्रममा थारुसंस्कृति झल्किने भेषभुषा, थारु पहिचानको नृत्य तथा झाँकी, तिलोत्तमा नगरपालिका भित्रका राष्टिय तथा अन्र्तराष्टिय खेलाही सम्मान, थारु जेष्ठ नागरिक सम्मान, थारु पत्रकार सम्मान, थारु गरिव तथा जेहेन्दार विद्यार्थी सम्मान कार्यक्रमका साथै रक्तदान कार्यक्रम समेत रहेको कार्यक्रम प्रचारप्रसार संयोजक धनबहादुर चौधरीले बताउनु भएको छ । यस्तै रक्त दान कार्यक्रम पुष २९ गते विहान ८ वजे हुने भएकाले रक्तदान जीवनदान जस्तो पुण्य कार्यमा इच्छुक व्यक्तिले पनि सहभागीता जनाउन सकिने संयोजक चौधरीले बताउनु भयो ।