रुपन्देहीको तिलोत्तमा वडा नं ७ मा बुधबार विद्युत् पोल, तार र टा्रन्सर्फमरको विवरण संकलन गरिएको छ । वडा नं ७ मा रहेका टोल विकास संस्थाका पदाधिकारी र वडा समिति बीच हिजो एक छलफल कार्यक्रमको आयोजना गरी उक्त विवरण संकलन गरिएको हो । वाटोको मापदण्ड हेरेर वाटोमा परेका पोल , केही घरमा नपुगेका तार र वांगो भएका पोल लगायतको वारेमा विवरण संकलन भएको वडा नं ७ का वडा अध्यक्ष देवी प्रसाद पंगेनीले बताउनु भयो उहाले विद्यँुत् प्राधिकारण सगँ मिलेर यो समस्या समाधान गर्नै बताउनु भयो । बाटोको मापदण्डका आधारमा वाटोमा परेका पोल, बाटोमा झुकेका पोल, वांगाा पोललाई हटाएर सबैलाई विद्युत्को पहुचमा पुर्याउने गरी काम गर्न लागीएको बताउनु भयो । कुल २१ वटा टोल रहेको वडा नं ७ मा स्थलगत अनुगमन गरेर त्यसको समाधान गर्दे जाने वडा अध्यक्ष पंगेनीले बताउनु भयो । कतै झुकेका पोल, लत्रेका तार भएकाले यसबाट जोखिम हुने भएकाले विवरण संकलन गरी आएको समस्या समाधान गर्ने बताउनु भएको छ । साथै उहाले वडा वासीले पनि यस कार्यमा सहयोग गनुपर्नै बताउनु भयो ।