मर्चवार, २४ असार

नेपाल नियमित रक्तदाता संघ सिद्धार्थनगर, रुपन्देही र रोट्रक्याट क्लब अफ भैरहवाको संयुक्त आयोजनामा मर्चवारमा २१ यूनिट रक्तदान भएको छ । कोटहीमाई ५ मझगावाँमा खुल्ला रक्तदान कार्यक्रमको अयोजना गरी रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
रोट्रयाक्टर्स ब्लड बैंक र रोट्रयाक्ट क्लब अफ मर्चवारको सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको नेपाल नियमित रक्तदाता संघ सिद्धार्थनगरका अध्यक्ष यादव प्रसाद आचार्य वाईपी  ले जानकारी दिए । रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् र रक्तदानका लागि युवाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आचार्यले बताए ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनियाले रक्तदान भन्दा ठुलो मानवीय कार्य अरु हुन नसक्ने बताए । उनले भने, ‘केही युवाहरु रक्तदान गर्न यो सोचले डराउने गर्दछन् कि रक्तदान गरियो भने शरीरमा रगतको मात्रामा कमी भई शरीर कमजोर हुन्छ होला । तर, यथार्थमा रक्तदान गर्ने मानिसको शरीरमा केही घण्टा भित्रै प्लाज्मा र कोषको निर्माण प्रक्रिया सुरु भइसकेको हुन्छ । ’ प्रदेश सभा सदस्य बनियाले मर्चवारमा रक्तदानको कार्यक्रमहरु यसरी नै निरन्तर सञ्चालन हुनुपर्ने र युवाहरुको धेरै भन्दा धेरै सहभागीता हुनुपर्नेमा जोड दिए ।
नियमित रक्तदाता संघ सिद्धार्थनगरका अध्यक्ष यादव प्रसाद आचार्य वाई पी को अध्यक्षता, प्रदेश सभा सदस्य कन्हैया बनियाको प्रमुख आतिथ्यता, ईलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक पंकज चुदाली, सशस्त्र प्रहरी मझगावा बीओपी प्रमुख प्रेम बोहराको विशिष्ट आतिथ्यता तथा रोट्रयाक्ट क्लब अफ भैरहवाका अध्यक्ष आशिक श्रेष्ठको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथिले रक्तदान गर्नुभएको नियमित रक्तदाता संघ सिद्धार्थनगरका सचिव अंकित पौडेलले बताए ।