पार्वती थारु,
फागुन १७ तिलोत्तमा
स्व. उमा रेश्मी मगरको स्मृतिमा रुपन्देहीको तिलोत्तमा १३ मा जारी सातौं न्यु सिर्जना कपमा आज (शनिवार) भएको पहिलो क्वाटर फाइनलको खेलमा योङ स्टार क्लब मडाहा विजयी भएको छ ।

निकै प्रतिस्पर्धात्मक भएको आजको खेलमा झर्ना स्र्पाेट्स क्लक कुन्जालापुरलाई ० का विरुद्द २ गोल गर्दै योङ स्टार क्लब मडाहा विजयी भएको हो । यसैगरी आजको खेलमो योङ स्टार क्लब खेलाडी जर्सी नं ४ अजय नेपाली म्यान अफ द म्याच घोषित भई ट्रफी र पुरस्कारले सम्मानित भएका छन् ।
यसै गरी भोली आइतबार हुने दोस्रो क्वाटर फाइनल खेलमा जनज्योती फुटवल क्लब डिङगरनगर भर्सेज न्यु राइज युथ क्लब बभनीवीच खेल हुने छ । खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
प्रतियोगीतामा प्रथम पुरस्कार रु .१लाख २२ हजार ५ सय , द्वितीय पुरस्कार रु ६५ हजार नगद राशि सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार, सर्वाधिक गोलकर्ता खेलाडिलाई नगद रु ५ हजार, उत्कृष्ट गोलरक्षकलाई नगद रु.५ हजार, उदयमान खेलाडीलाई नगद रु.३ हजार सहित कप, मेडल र प्रमाणपत्रले सम्मान गरिने छ ।


तिलोत्तमा १३ करौजिया निवासी समाजसेवी तथा वुद्धीजीवी तथा समाजिक अगुवा अग्रज व्यक्तित्व कुल बहादुर रेश्मीमगरले आफ्नो धर्मपत्नी स्व. श्री उमा रेश्मी मगरको स्मृतिमा सातौ न्यु सृजना कपमा प्रथम पुरस्कारको मुख्य प्रायोजन गर्नु भएको छ । अनुशासन विकास र गतिशीलताका लागि खेल खेलौं स्वस्थ रहौं, राष्ट्र लाई टेवा पुर्याऔ भन्ने नारा सहित यहि फागुन २४ गतेसम्म नटआउट फुटबल प्रतियोगीता २०८१ हुनेछ ।