
पार्वती थारु, तिलाेत्तमा १३,
फागुन १२ गते
न्यु सिर्जना युवा कल्ब कराैजियाकाे आयाेजनामा जारि साताै न्यु सिर्जना कप नक आउटकाे छैठौं दिन भएको खेलमा न्यु सिर्जना युवा क्लबले जितेकाे छ । एन्फा एकेडेमी बुटवललाई ० का विरुद्ध ३ गाेल गर्दै विजयी भएकाे हाे । निकैबेर सम्म कडा टक्कर भएकाे खेलकाे दाेस्रो हाफमा न्यु सिर्जना युवा कल्बका खेलाडी जर्सि नं ८ दिपसेन ठकुरि ५८ मिनेटमा पहिलाे गाेल गर्दै अग्रता दिलाएका थिए । यस्तै न्यु सिर्जना कै खेलाडि जर्सि नं १० समीर नेपालिले ६५ मिनेटमा दाेस्राे गाेल गरेका थिए । यसैगरि जर्सि नं३ ले ६६ मिनेटमा तेस्रो गाेल गरेका थिए ।

आज सम्पन्न खेलमा न्यु सिर्जना युवा कल्बका जर्सि नं ८ दिपसेन ठकुरि म्यान अफ द म्याच घाेषित भई पुरस्कृत भए । उनलाइ तिलाैत्तमा १३ कराैजियाका टाेल विकास संस्थाका अध्यक्ष ओमबहादुर रानाले ट्रफि , नगद र गिफ्ट हेम्पर करेन्ट चाउचाउ प्रदान गरि सम्मान गरेका थिए ।
यसैगरि फुटवल अभियान्ता दिपक श्रीसलाई न्यु सिर्जना युवा कल्बका अध्यक्ष साेवित थापा दर्लामिले माया चिनाे स्वरुप कल्बकाे टिसर्ट हस्तान्तरण गरेका थिए ।

फागुन १३ गते भाेलि फर्साटिकर युवा कल्ब (फर्साटिकर) भर्सेज गाैतमबुुद्द सामुदायिक केन्द्र (पिपरिचापा ) विच खेल हुने छ । खेल दिउँसाे ३ बजे सुरु हुने छ प्रचार प्रसार संयाेजक धनबहादुर चाैधरिले लाक अखबारलाइ जानकारि गराउनु भएकाे छ ।
फागुन ७ गतेबाट सुरु भएकाे खेलकाे फागुन २४ गते फाइनल खेल हुने छ ।








