तिलोत्तमा,फागुन १०।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा युवामैत्री स्थानीय शासनका निम्ति दोस्रो युवा सम्मेलन शनिबार तिलोत्तमाको शंकरपुरमा सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चौधरीको आतिथ्यता रहेको थियो ।कार्यक्रममा बोल्दै नगर प्रमुख खाँणले युवाहरुलाई शिक्षित बनाउनका संघ, प्रदेश र स्थानीय सरकार लागि परेको बताए । नगरपालिकालाई समृद्ध बनाउन स्थानिय क्षेत्रमा उद्धम र स्वरोजगारका लागि युवाहरुमा निराशा मात्रै नभई युवाहरुले केही गरुन भन्ने उद्देश्य राखेको बताए ।नयाँ र फरक तरिकाले देशमै केहि गर्न सके राम्रो आम्दानी हुने र सानो लगानीमा पनि ठुलो आम्दानी गर्न सकिने नगर प्रमुख खाणको भनी थियो। सरकारले शिक्षामा ठूलो लगानी गरेकोले युवाहरुमा क्रियटिभ, इनोभेसन हुनुपर्ने र नेपालमै अवसर नै छैन भन्ने भाष्य निर्माण गर्न खोजेकोले यस्ता भ्रममा नपर्न आग्रह गर्दै नयाँ नयाँ खोज तथा अनुसन्धान गर्न युवाहरु लाग्नुपर्ने बताए ।

त्यस्तैगरी उपप्रमुख चौधरीले बोल्दै तिलोत्तमा नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गरिएको बताउँदै युवाहरुले केही अधिकार पाएनौ भन्दा पनि के गर्दा युवामैत्री नगरपालिका बनाउन सकिन्छ भन्ने बारेमा चासोको विषय भएको बताईन ।उनले तिलोत्तमामा भौतिक पूर्वाधारको विकास मात्रै नहेरी बालमैत्री, महिलामैत्री र युवाहरुको मागहरु सम्बोधन गर्न चाहेको बताए । बजेटमै युवाहरुको क्षमता बिकास गर्ने, कृषि ब्यबसाय, पशुपालन, उद्धममा समेत अनुदान र औजारसंगै सिपप्रदान गर्ने गरि नगरपालिका अगाडी बढेको उनको भनाई छ।

त्यस्तैगरी लुम्बिनी प्रदेश युवा परिषद्का कार्यकारी पुर्व उपाध्यक्ष  गोविन्द केसीले  बोल्दै जबसम्म हरेक युवाहरु सक्षम र काममा डेडिकेटिभ हुन सक्दैनन् तबसम्म उनीहरु अगाडि बढ्न नसक्ने बताए ।उनले युवाहरु प्रविधितर्फ अगाडि बढ्दै अङ्ग्रेजी सिक्दै रोजगारीको लागि बिदेश पलायन नभई स्वदेशमा रहेर युवा उत्पादन र उद्यमशीलतातर्फ लाग्नुपर्ने बताए । अघिल्लो बर्ष प्रथम सम्मेलन सम्पन्न गरेको नगरपालिकाले आज आयोजित दोस्रो युवा सम्मेलनमा आफ्नो जीवनका कठिन अनुभव बताउँदै महिला उद्धमी मन्जु भुसालले हरेक चुनौतीहरु संघर्ष गर्दै अगाडि बढ्न सकेमा अवश्य सफलतामा पुग्न सकिने बताईन् । उनले युवा शक्ति देशको खम्बा भएकोले सबै एकजुट भएर अघि बढ्न आग्रह समेत गरेकी थिईन् ।त्यस्तै कार्यक्रममै युवाहरुलाई प्रेरणा दिन राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, राष्ट्रिय युवा परिषद्का प्रमुख प्रशिक्षक चन्द्र कुमारी थापा ,युवा अभियन्ता तथा एक्स्ट्राटेक क्रिकेट खेल मैदानका वनर बिनोद कुँवर लगयातले बोल्दै युवाहरुले आफ्नो दक्षता लगाव र मेहनतसंगै निरन्तरताले सफलता प्राप्त गर्न सकिने कुरा बताएका थिए।

कार्यक्रममा विभिन्न विधामा प्यानलिष्ट रुपमा छलफल समेत भएको थियो । युवा सहभागिता, व्यवसायिक सफलता, र उद्धमी यात्रा बारेमा पत्रकार सञ्जु पौडेलले सहजीकरण गर्दै तिलोत्तमाका प्रभावशाली युवा तथा उद्यमीहरु शाखा अधिकृत माधव पोख्रेल, महिला उद्धमी सोना श्रीस, युवा व्यवसायी अंकित भुसाल बिच युवा बहस गरिएको थियो।कार्यक्रममा युवा सहभागिता र राजनीतिका बारेमा तिलोत्तमा नगरपालिकाका ३ दल नेकपा एमालेका मिन प्रसाद पोख्रेल, नेपाली कांग्रेसका हरिलाल पाण्डे र नेकपा माओबादी केन्द्रका बेल प्रसाद शर्मासंग पत्रकार बिनोद परियारले बहस गरेका थिए भने तिलोत्तमाका बिषयगत समितिहरुको कार्यका बारेमा आर्थिक बिकाश समितिका संयोजक गणेश पाठक, बन बाताबरण तथा विपद ब्यबस्थापन समितिका संयोजक सुरेन्द्र श्री, संस्थागत तथा क्षमता बिकास समितिका संयोजक राधा शाहीसंग  पत्रकार मोहन न्यौपानेले बहस गरेका थिए। छलफल र अनतर्क्रिया गरिको सो बहसमा १७ वटा वडाबाट प्रतिनिधित्व गरेका युवाहरुले जिज्ञासा समेत राखेका थिए।  तिलोत्तमा नगरपालिकाका सामाजिक बिकास समितिका संयोजक तथा कार्यक्रमका संयोजक रवि सेन्चुरीको अध्यक्षता,तथा स्वागत मन्तव्यमा कार्यक्रमको सञ्चालन तिलोत्तमा नगरपालिकाका नगर सभा सदस्य गोविन्द गुरुङ (लबसन) ले गरेका थिए ।