
पार्वती थारु, ओमसतिया
चौथो खिचडी महोत्सव तथा साँस्कृतिक कार्यक्रम २०८१ ओमसतियाको वसन्तपुरमा सोमबार सम्पन्न भएको छ । “हम्मन संस्कृति हम्मन पहिचान, संर्वद्धन कैना हम्मनके अभियान” भन्ने नारासहित नयाँ वर्ष थारु संवत् २६४८ को पवन अवसरमा कार्यक्रम गरिएको हो । वडा स्तरीय माघी महोत्सव सन्चालक समिति ओमसतिया ४ वसन्तपुरको आयोजना ओमसतिया गाउपालिका तथा ओमसतिया गाउपालिका वडा नं ४ को वडा कार्यालयको सहयोगमा कार्यक्रम भएको हो ।
कार्यक्रमका माघी पर्वको शुभकामना दिदै कार्यक्रमका प्रमुख अतिथि तथा ओमसतिया गाउपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले खिचडी पर्व हामी सबैको पर्व हो यसलाई सबैले मिलेर मनाउन पाउँदा खुसी लागेको बताउनु भयो । संस्कृति लाई छोड्दै जानेहो भने हराउदै जान्छ त्यसैले पुर्वजले सिकाएको पहिचान ,कला र नृत्यलाई सम्मानका साथ अगाडि बढाउदै लैजानका लागी ओमसतिया गाउपालिकाले बजेट बनाएर साथ दिने बताउनु भयो । झुमडा , झाँकी तथा मयुर नाच, लाठ्ठी नाच जस्तो परम्परागत नाचलाई पनि सम्वद्र्धन र प्रवद्र्धन गर्दै लैजानेमा गाउँपालिका ओमसतिया गाउवासीको साथमा रहेको प्रतिवद्धता जनाउदै शुभकामना व्यक्त गर्नु भयो ।

यसैगरी ओमसतिया गाउपालिकाका उपप्रमुख तथा विशिष्ट अतिथि सुनिता चौधरीले शुभकामना मन्तव्य राख्दै हाम्रो मौलिक परम्पराको जगेर्ना गर्ने जिम्मेवारी स्थानीय सरकारको रहेकाले त्यसका लागी चाहिने वजेट व्यवस्थापन गर्दै संरक्षण गर्दै जानेमा जोड दिनु भयो । उहाँले वोल्दै प्राचीन मौलिक कला, हस्तकला , पहिरान भेषभुषा, भाषा र परम्परा तथा संस्कृतिलाई एक पुस्तावाट अर्काे पुस्तालाई सही रुपमा सिकाउदै जानुपर्नेमा पनि जोड दिनु भयो । उहाले भन्नु भयो “ आज हामी जुन उत्सवका साथ मनाउदै छौ ,नयाँ वर्ष खिचडी लाई यसलाई यत्तिकै मनाएर मात्र हुदैन , आउने सन्ततिलाई पनि सिकाउदै त्यसमा सहभागी गराउदै लैजान पनि आवश्यक छ” यसका लागी सिप, तालिम आवश्यक पर्छ त्यसका लागी गाउपालिका सहकार्य गर्न तयार छ” ।
कार्यक्रममा वडा नं ४ का अध्यक्ष तथा ओमसतिया गाउपालिकाका प्रवत्ता अखिलेश्वर कुमार पाण्डे, समाज सेवि तथा वुद्धिजीवी गोरखनाथ चौधरी, वडा नं २ का अध्यक्ष सितल जीटि, वडा नं ३ अध्यक्ष का प्रकाश सिंह चौधरी, वडा नं १ का अध्यक्ष वेलवहादुर बराल मगर, वडा नं ६ का अध्यक्ष शिव कुमार धवलको विशिष्ट
आतिथ्यता रहेको थियो । यसैगरी अतिथिहरुमा कार्यपालिका सदस्य शेरसिंह थकाली, चन्द्र प्रभावती लोध, सुधा हरिजन, गुन्जा चौधरी, अनिता हरिजन, वडा सदस्य वडा नं ४ का ओमकार नाथ पाण्डे, जोगिन्द्र गुप्ता, शोभकला हरिजन, वडा नं ४ का वडा सचिव सन्जय कुमार यादव, वडा नं ६ का वडा सदस्य भुपेन्द्र यादव, वडा सदस्य वडा नं २ का विक्रम यादव, रामजानकी मन्दिर वसन्तपुरका अध्यक्ष धनराज चौधरी, खानेपानी संस्था तथा सरसफाई उपभोत्ता समितिका अध्यक्ष लक्ष्मण पन्थी, महिला आगमन सहकारी संस्थाका प्रमुख विद्या पछाइ, समाजसेवी रेखाकार्की, लगायत वुद्धिजिवी ,समाजसेवी,तथा स्थानीयको भव्य उपस्थिती रहेको थियो ।

कार्यक्रममा सहभागी सबै अतिथिहरुलार्ई मायाको चिनोले सम्मान गरिएको थियो । आफ्नो कला , नृत्य र झाँकी तथा गायन प्रस्तुत गर्ने लाई पनि प्रमाणपत्रले सम्मान गरिएको थियो । वडा स्तरीय माघी महोत्सव सन्चालक समिति ओमसतिया ४ वसन्तपुरका अध्यक्ष सुनीता चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन थारु कल्याणकारि सभा तिलाेत्तमाका सहसचिव धनवहादुर चौधरी र पार्वती थारुले गर्नुभएको थियो ।









