
पार्वती थारु, तिलोत्तमा, पुष २०
रुपन्देहीको तिलोत्तमामा यही पुष २६ र २७ गते ११ औं माघी (खिचडी) महोत्सव तथा वृहत साँस्कृतिक कार्यक्रम २०८१ हुने भएको छ ।
थारु संवत् २६४८ तथा थारुहरुको नयाँ वर्ष खिचडीको पवन अवसरमा थारु कल्याणकारिणी सभा तिलोत्तमा नगर समिति रुपन्देहीको आयोजना, तुकतुइया टोल विकास संस्था , श्री कृष्ण युथ कल्बको सहआयोजनामा माघी (खिचडी) महोत्सव तथा वृहत साँस्कृतिक कार्यक्रम २०८१ हुन गइरहेको छ ।
तिलोत्तमा नगरपालिकाको सहयोगमा हुन गइरहेको कार्यक्रम तिलोत्तमा १२ तुकतुइया खेल मैदानमा हुने छ । यसैगरी वृहत रक्तदान कार्यक्रम यही पुष २६ गते शुक्रबार विहान १० बजेबाट हुने छ । यसैगरी पुष २७ गते शनिबार विहान १० वजेबाट थारु जेष्ठ नागरिक सम्मान कार्यक्रम, थारु विद्यार्थी (स्नाताकोत्तर) सम्मान कार्यक्रम, थारु अन्तराष्ट्रिय खेलाडी सम्मान कार्यक्रम, थारु पत्रकार सम्मान कार्यक्रम, थारु झुमडा, झाँकी र्झरा तथा नृत्य विशेष कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ ।
(खिचडी) महोत्सव तथा वृहत साँस्कृतिक कार्यक्रममा थारु विशेष परिकारहरुमा घोंघी , ढिकरी ,अन्दीको भुजा, पतुसनी, आलुको चोखा, माछा र माछाका विभिन्न परिकारहरुको मेला स्टल समेत रहने आयोजकको भनाई छ । यसै गरी सबै जिल्लावासी , नगरवासी र स्थानीयलाई कार्यक्रममा सहभागी भर्ई भव्य र सभ्य रुपमा सफल पारिदिनका लागी हार्दिक निमन्त्रण समेत गरेको छ ।







