सन्दर गुरुङ, मंसीर २२ तिलोत्तमा
मधवलिया ब्याडमिन्टन क्लबको नया कार्यसमिति चयन भएको छ ।तेस्रो अधिवेशन तथा तेस्रो साधारण सभा आज सम्पन्न भएको छ । तिलोत्तमा १६ विहुली रुपन्देहीमा सम्पन्न भएको तेस्रो अधिवेशन तथा तेस्रो साधारण सभाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । जसको अध्यक्षमा केशव चौधरी, उपाध्यक्षमा होम कुमार गुरुङ ,सचिवमा बिस्नु थापा कोषाध्यक्षमा अर्जुन सेन र सहसचिवमा राम थापा चयन हुनु भएको छ । यसैगरी सदस्यहरुमा सुन्दर गुरुङ, इन्द्र थापा, लेख गुरुङ, डिल्लीराज राना, सन्जय नेपाल र भुपराज अर्याल चयन भएका छन् । अधिबेसनमा क्लबका संरक्षक वसन्त रोक्काले बोल्दै नवनिर्वाचित समितिलाई शुभकामना दिनु भएको थियो ।