
तिलाेत्तमा, मंसिर १२
नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पाैडेल रुपन्देहीको तिलाेत्तमामा आउने भएका छन् । तिलाेत्तमा ६ पुर्व पहुनीमा अवस्थित श्री पहुनि माध्यमिक विद्यालयमा निर्माण गरिएको नवनिर्मित ६ काेठा भवनकाे उद्घाटन समाराेहमा आउने कार्यक्रम रहेकाे विद्यालयले जानकारि दिएकाे छ । अर्थमन्त्री यहि मंसिर १४ गते शुक्रबार विहान आउदै हुनु हुन्छ । नवनिर्मित ६ काेठा भवनकाे उद्घाटन गरि शैक्षिक उन्नयन यस विद्यालयलाई आगडि बढाउन मद्दत पुग्ने छ भन्ने विश्वास लिएकाे विद्यालय प्र .अ. दुर्गा नारायण श्रेष्ठले बताउनु भएको छ ।
साथै उक्त कार्यक्रमलाई सफल भव्य र सभ्य रुपमा सफल पारिदिनका लागि शिक्षक वर्ग, समाजसेवी , अभिभावक तथा स्थानियलाई उपस्थितका लागि हार्दिक आमन्त्रण समेत गरिएकाे छ ।
श्री पश्चिम पहुनि मा. वि.मा नर्सरी देखि प्लस टु सम्म अध्यापन हुन्छ । साथै अंग्रेजी र नेपाली दुबै माध्यममा दक्ष तथा अनुभवि शिक्षकहरुबाट अध्यापन हुँदै आएकाे छ ।







