
भाद्र, ३० गते, तिलाेत्तमा
६० औँ बाल दिवसको अवसरमा आयोजित रुपन्देही जिल्ला स्तरीय किड्स एण्ड टिन्स र भू.पु सैनिक व्याडमिन्टन प्रतियोगिता आइतवार लुम्बिनी स्र्पोटस् क्लबको कर्भड हल सुपौलिमा सम्पन्न भएको छ ।
प्रतियोगितामा छात्र ११ बर्ष तर्फ नोबल इन्भायरोमेन्ट एकेडेमीका डेनिस थापा प्रथम, सुसान्त दगामी दोस्रो र नमुना वोडिङ स्कुलका मन्दिप पुन र अक्सर्फोड बोडिङ स्कुलका क्रिमन थापा तेस्रो भएका थिए । छात्र १३ बर्ष तर्फ नोबल इन्भायरोमेन्ट एकेडेमीका डेनिस थापा प्रथम, सुसान्त दगामी दोस्रो नव प्रभात बोडिङ स्कुलका सुमित सिंजाली र नोबल इन्भायरोमेन्ट एकेडेमीका क्षितिज राना तेस्रो भएका थिए ।

छात्र १५ बर्ष तर्फ मिर्नवा वोडिङ स्कुलको विवेक क्षेत्री प्रथम, नोबल इन्भायरोमेन्ट एकेडेमीका लेलिन राना दोस्रो र ज्ञानगंगा पाठशाला स्कुलका ओम बहादुर पछाई र संदिप कुवर तेस्रो भएका थिए । त्यसै गरी छात्र १७ बर्ष तर्फ एभ्रष्ट वोडिङ स्कुलको संजोक थापा प्रथम, मिर्नवा वोडिङ स्कुलको विवेक क्षेत्री दोस्रो, नोबल इन्भायरोमेन्ट एकेडेमीका दिनेश बुढा र लेलिन राना तेस्रो भएका थिए ।

त्यसै गरि छात्रा १३ बर्ष तर्फ नोबल इन्भायारमेन्ट एकेडेमीका प्रकृया गुरुङ प्रथम, तनिशा रेग्मी दोस्रो, १५ बर्ष मुनि तर्फ लुम्बिनी ज्ञान ज्योती वोडिङ स्कुलको पल्पसा पुन प्रथम, नोबल इन्भायरोमेन्ट एकेडेमीको प्रकृया गुरुङ दोस्रो, १७ बर्ष तर्फ लुम्बिनी ज्ञान ज्योती बोडिङ स्कुलको पल्पसा पुन प्रथम, र सेन्ट जोसेफ बोडिङ स्कुलको भिमिसा पुन दोस्रो भएका थिए ।
खुल्ला भू।पु सैनिक तर्फ भने फिट एण्ड फाइन क्लबका जीवन बलाल र भुवन थापाको जोडि प्रथम, लुम्बिनी स्र्पोट्स क्लबका निरबहादुर राना र खम रासकोटीको जोडी दोस्रो र फिट एण्ड फाइनका पुर्ण राना र प्रितम सारु साथै सराई युवा क्लब पाल्पाका खेम बहादुर सारु र पूर्णबहादुर घर्तीको जोडी तेस्रो भएका थिए ।

आइतबार सम्पन्न खेलमा तिलोत्तमा वडा नम्बर १४ का वडाध्यक्ष अश्बिनी पौडेले, लुम्बिनी ज्ञान ज्योतीका प्रबन्ध निर्देशक जितेन्द्र शाही, नोबल इन्भायरोमेन्ट एकेडेमीका प्रबन्धक सुन्दर गुरुङले पुरस्कार वितरण गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रतियोगिताको मुख्य प्रायोजक माउण्ट एभ्रेष्ट कत्था मिलको रहेको थियो । प्रतियोगिताको अध्यक्षता क्लबका अध्यक्ष प्रत्त बहादुर पुन, स्वागत क्लबका उपाध्यक्ष राजेन्द्र गुरुङ, सञ्चालन सचिव विष्णु दगामीले गरेका थिए । प्रतियोगितामा भूपू सैनिक तर्फ देशभरका ३६ वटा टिम सहभागी रहेको थियो भने किड्स एण्ड टिन्स तर्फ रुपन्देही जिल्लाको २० वटा स्कुलको ८० टिम सहभागी रहेका थिए ।

लुम्बिनी स्र्पोट्स क्लबले आयोजना गरेको यस प्रतियोगिताको लगतै लुम्बिनी प्रदेश विद्यालय स्तरिय प्रतियोगिता आयोजना गर्ने र त्यस पछि विद्यालय स्तरिय राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने तयारी भएको क्लबका उपाध्यक्ष राजेन्द्र गुरुङले बताए । प्रतियोगितामा विजेता तथा उपविजेता विद्यार्थी तथा खेलाडीहरुलाई नगद, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिएको थियो ।








