
भाद्र, २८ गते
६० औँ बाल दिवसको पूवंसध्यामा नोबल बाल क्लबले सचेतना मूलक प्रभात फेरी गरि कोटिहवा स्थित नोबल इन्भायरोमेन्ट एकेडेमीको प्राङगणमा एक कार्यक्रम आयोजना गरि मनायो ।
कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी भएको उक्त कार्यक्रममा स्कुल परिसरदेखि कोटिहवा चोक सम्म सचेतनामूलक ¥याली गरेको थियो । ¥यालीमा बालबालिका सम्बन्धी विभिन्न सचेतनामूलक प्ले कार्ड समेतको प्रर्दशन गरिएको थियो ।

याली पछि विद्यालयको प्राङगणमा आयोजित कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरुले बाल अधिकार सम्बन्धी बतृत्व, कविता, कथा बाचन गरेका थिए । साथै नेपालका विविध संस्कृति झल्किने साँस्कृतिक नृत्यहरुको समेत प्रर्दशन गरेका थिए ।
कार्यक्रम नोबल बाल क्लबका अध्यक्ष विनिता पुनको अध्यक्षता, विद्यालयको प्रिन्सिपल खिनु गुरुङ प्रमुख आतिथ्यता र सुमा दगामीको सञ्चालनमा भएको थियो ।








