नेपाल मगर युवा संघ, रुपन्देहीले संघको चौथो राष्ट्रिय महाधिबेशनबाट निर्वाचित हुनु भएका राम अस्लामी मगरलाई बुटवलमा एक कार्यक्रम गरी सम्मान गरेको छ। संघका जिल्ला अध्यक्ष हेमन्त बुढाथोकी मगरको अध्यक्षता भएको कार्यक्रममा बिशिस्ट अतिथी नेपाल मगर संघ, लुम्बिनी प्रदेशका भाषिक उपाध्यक्ष अन बहादुर सोती मगर, मगर फादर अफ हङकङ तथा अग्रज ब्यक्तित्व प्रेम बहादुर गलामी मगर, रुपन्देही जिल्ला अध्यक्ष प्रेम थापा, उपाध्यक्ष थर्क बार्हघरे, नेपाल मगर संघ, बुटवलका अध्यक्ष बसन्ती साठिघरे मगर, मगर महिला संघ बुटवलका सचिव आकृति थापा र एमजी क्लबका अध्यक्ष ओम सारु मगरले बधाई तथा शुभकामना दिएका थिए ।

सम्मान कार्यक्रममा बोल्दै महासचिव राम अस्लामी मगरले चौथो राष्ट्रिय महाधिबेशनमा रुपन्देही जिल्ला र लुम्बिनी प्रदेश समितिले खेलेको भूमिका प्रती उच्च सम्मान सहित धन्यवाद प्रकट गरेका थिए । साथै सम्मान कार्यक्रममा दिएको सुझाब सल्लाह र हौशलालाई शिरोधार्य गर्दै मगर संघले उठाएको हरेक मुद्धालाई स्थापित गर्न अझ सशक्त भएर अघी बढ्ने प्रतिबद्धता गरेका थिए ।

नेपाल मगर युवा संघ, भाषा संस्कृति, पहिचान र अस्तित्व स्थापित गर्नका निम्ती अन्तिम निर्णायक लडाई लड्न युवाहरुलाई गोलबन्द गरी अघी बढाउने बताए । यही भदौमा हुने संघको पूर्ण बैठकबाट भाबी निती तथा कार्यक्रम र रणनिती सहितको खाका आउने बताउनु भयो । बर्तमान राजनीतिमा देखिएको बाछिटा प्रती मगर संघ सचेत र सजग भई प्राप्त उपलब्धिको रक्षा र थप उलबधिको लागि संघर्सका निम्ती युवा सदैब अग्रपंक्तिमा रहने बताउनु भयो ।

कार्यक्रममा नेपाल मगर युवा संघ, रुपन्देहीका पुर्व अध्यक्ष पहल सिंह राना, मगर युवा ब्यबसायी तुलजी सारु, चलचित्र संघ, रुपन्देहीका अध्यक्ष टिका आले, मगर संघका बुटवलका सकृय महिला उद्धमी खिमा थापा, चन्दा छन्त्याल, पत्रकार कपिल ज्ञवलीको उपस्थिती रहेको थियो । सोही अबसरमा नेपाल मगर युवा संघ, रुपन्देहीले मृगौला पीडित मन बहादुर थापा (केप्छाकी) मगरका निम्ती चलाएको अभियान बाट संकलित आर्थिक रकम एक लाख पच्चिस हजार रुपैयाँ उहाका बुवालाई महासचिव राम अस्लामी र जिल्ला अध्यक्ष हेमन्त बुढाथोकीमगरले हस्तान्तरण गरेका थिए । दुईचरणमा रहेको कार्यक्रममा स्वागत मन्तब्य संघका उपाध्यक्ष पहल रानाले गरेका थिए भने संचालन सचिव खेम आले मगरले गरेका थिए ।