पार्वती थारु
साउन,३१ तिलाेत्तमा

राेटरी ई क्लब अफ मेडिकाेफ्युजन हाई वृड नेपाल बुटवल रुपन्देहीले बिरुवा हस्तान्तरण गरेकाे छ । एक कार्यक्रमका विच तिलाेत्तमा ६ पुर्व पहुनीमा अवस्थित श्री पश्चिम पहुनि माध्यामिक विद्यालयलाई आज( विहिवार )paam trees हाई बृड नेपाल बुटवलका मेम्बर चेयर पर्सन यशाेदा बगालेले उक्त बिरुवा विद्यालयका सहायक प्रन्सिपल पुण्य बहादुर बगालेलाइ हस्तान्तरण गर्नु भएको हाे ।

कार्यक्रम राेटरीका चेयर पर्सन यशाेदा बगालेले बाेल्दै वाेटविरुवाले विद्यालयकाे वातारणलाई सुन्दर र आकर्षक बनाउने हुदाँ यस विद्यालयमा पाम trees प्रदान गरेकाे बताउनु भयाे ।

अहिले ग्लाेबल वार्मिङले वातावरणमा प्रभाव परिरहेकाले आजका विद्यार्थी भविष्यका कर्णधार भएकाले विद्यार्थीहरुलाई वाेटविरुण लगाउनु पर्छ , राेपेकाे विरुवाकाे संरक्षण गर्नुपर्ने र वातावरणलाई हरियाली बनाउन सहयाेग मिल्ने उदेश्यले पाम ट्री हस्तान्तरण गरेकाे बताउनु भयाे ।

यसैगरि कार्यक्रममा विद्यालयका सह प्रिन्सिपल पुण्य बहादुर बगालेले राेटरी ई क्लबले यस विद्यालयमा बिरुवा हस्तान्तरण गरि प्राकृतिक संरक्षणमा जाेड दिनुपर्ने सन्देश प्रदान गर्नु भएकोमा विशेष आभार प्रकट गर्नु भयाे । कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थीहरकाे सहभागिता रहेकाे थियाे ।