
सडक बत्ति तथा सामाजिक सुरक्षा व्यवस्थापन समितिकाे २१ औं साधारणसभा तथा १० औ अधिवेशन सम्पन्न भएकाे छ । आज सम्पन्न भएकाे अधिवेशनबाट नयाँ कार्य समिति चयन गरिएको छ । जसकाे अध्यक्षमा सुष्मा हमाल, उपाध्यक्षमा ईश्वरीप्रसाद पाण्डे , सचिवमा गिरी प्रसाद राना, सहसचिवमा सरस्वती गैरे, काेषाध्यक्षमा इन्दिरा गिरी र सह काेषाध्यक्षमा राधिकादेवि शर्मा भुषाल चयन हुनु भएको छ । यसै गरि सदस्यहरुमा गणेश ज्ञावली,रामकुमार चाैधरी, माओदेव गिरी , निशा पुन, काशिराम थापा, दिलिप खत्रि, विसन शाहि, बमबहादुर गुरुङ, राम बहादुर थारु, कृष्णप्रसाद नेपाल, र लाल बाबु सुब्बा सर्वसम्मत निर्वाचित हुनु भएको छ । यसै गरि दिलकुमारि दर्लामी संयाेजक रहेकाे लेखा समितिकाे सदस्यमा थानेश्वर पाण्डे र सुदिप डुम्रे चयन हुनु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि तथा वडा नं ७ का वडा अध्यक्ष देवि प्रसाद पंगेनीकाे प्रमुख आतिथ्यता रहेकाे कार्यक्रममा समितिका अध्यक्ष गणेश प्रसाद सुवेदिकाे अध्यक्षतामा सम्पन्न भएको थियाे । रुपन्देहीको तिलाेत्तमा ७ भलवारी अवस्थित माङघी भवनमा सम्पन्न कार्यक्रममा उपभोक्ताहरुकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सन्चालन इश्वरी प्रसाद पाण्डेले गर्नु भएको थियाे ।







