
२०८१ साउन १३
शारदा शाही ठकुरी
“राष्ट्र र राष्ट्रियताका लागी जातियता भन्दा माथि हामी” भन्ने मूल नाराका साथ, “दर्शन कल्याण ठकुरी युवा समाज, रुपन्देही”को एघारौ स्थापना दिवस सम्पन्न गरिएको छ।
दर्शन कल्याण ठकुरी समाज रुपन्देहीका अध्यक्ष तथा युवा समाज रुपन्देहीका संरक्षक मिना सेन मल्लको प्रमुख आतिथ्यता तथा विशिष्ट अतिथी समाजका निवर्तमान अध्यक्ष राम वहादुर चन्दको उपस्थितीमा सम्पन्न कार्क्रममा शुक्रवार, सिद्धार्थ आधारभूत विद्यालय, ति. न. पा. –०१, रुपन्देहीमा अध्ययनरत विपन्न एवम् जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरीएको थियो ।

त्यसैगरी दोस्रो दिन कार्यक्रममा दर्शन कल्याण भवनको रेखदेख गर्नको लागी भवनमा बस्ने कर्ण वहादुर थापा मगरको जेठो छोरा मृगौला पिडीत मन वहादुर थापा मगरलाई नगद (४१,९००) एकचालिस हजार नौ सय रुपैया आर्थिक सहयोग हस्तान्तरण गरीएको थियो ।
असिम खाँण ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन सचिव सुमन सिंहले गर्नुभएको थियो।







