सुन्दर गुरुङ ,१४ असार, कोटिहवा
लुम्बिनी स्पोर्ट्स कल्बका सल्लाहकार भिम बहादुर पुनलाई ३५ बर्ष शिक्षण पेसाबाट निबृत्तभएको अवसरमा दीर्घ शिक्षण पेसाबाट सम्मानित हुनुभएको छ ।


शुक्रबार सुपौली स्थित कभर्ड हलमा लुम्बिनी स्पोर्ट्स कल्बले एक कार्यक्रम आयोजना गरि सम्मान गरिएको हो । ओमसतिया १ ठुटिपिपलमा रहेको ठुटिपिपल माध्यमिक बिधालयमा ३५ बर्ष शिक्षण गरेपछि उमेरको हदबन्दिका कारण सेवाबाट अवकास हुनुभएको थियो ।
कल्बका अध्यक्ष प्रत्त बहादुर पुनले मायाको चिनो र सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा बबनी भु.पु सैनिक स्कुलका प्राचार्य मनोज क्षेत्रिले स्वागत कल्बका सहसचिब सुन्दर गुरुङले कार्यक्रम सञ्चालन र कल्बका अध्यक्ष प्रत्तबहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको थियो ।