
सुन्दर गुरुङ , असार ८, कोटिहवा
सेमलार ब्याडमिन्टन कल्ब र लुम्बिनी स्पोर्ट्स कल्ब बिच मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता शनिवार लुम्बिनी स्पोर्ट्सको कभर्ड हल सुपौलिमा सम्पन्न भएको छ ।
ब्याडमिन्टन ट्वान्टी वानसित सहकार्य गरि ब्याडमिन्टन एकेडेमी सन्चालन दुबै कल्बले गरेका छन । खुल्ला डबलमा अनिल क्षेत्रि र आयुस पौडेलको जोडि प्रथम र अनिस थापा र ज्ञानु सिंजालिको जोडि दोस्रो भएका थिए । अन्डर १७ बर्ष को एकल खेलमा बिबेक क्षेत्रि प्रथम र रितिक अधिकारी दोस्रो भएका थिए । अन्डर १५ मा मेजन के.सि प्रथम र जयबहादुर राय दोस्रो अन्डर ११ तर्फ रेवस दगामी प्रथम र सिहाङ पुन दोस्रो भएका थिए । अन्डर १५ छात्रा तर्फ भने प्रकृया गुरुङ प्रथम र तारा थापा दोस्रो भएका थिए ।

बिजेता खेलाडिहरुलाई तिलोत्तमा वडा नम्बर १४ का वडाध्यक्ष अश्विन पौडेलले मेडल तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । पौडेलले नया खेलाडी उत्पादनमा दुबै कल्बले एकेडेमी संचालन गरेकामा प्रसन्सा व्यक्त गर्दै अगामी दिनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादनमा योगदान दिनेमा बिश्वास व्यक्त गर्नु भयो ।

प्रतियोगिताको समापन समारोहमा टिम प्रशिक्षक सुसान्तसिह राजपुत, सरोज सुनार, एकेडेमिका ब्यवस्थापक सुन्दर गुरुङ्ले सुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रमको अध्यक्षता कल्बका सचिब बिस्णु दगामी, स्वागत एकेडेमिका खेलाडी दिनेस बुढा र सन्चालन लेलिन रानाले गरेका थिए ।







