शारदा शाही ठकुरी
२०८१ जेष्ठ ३

अपाङ्ग महिला संघ रुपन्देहीको आयोजना तथा टेवा नेपालको सहयोगमा कार्यशाला सम्पन्न भएको छ ।

अपाङ्ग महिला संघ रुपन्देहीको संस्थागत बिकास तथा रणनीतिक योजना निर्माण सम्बन्धि तीन दिने कार्यशाला बुटवलमा सम्पन्न भएको हो।

अपाङ्ग महिला संघ रुपन्देहीको अध्यक्ष कल्पना ढकालको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुन कुमार तामङले सहजीकरण गर्नुभएको थियो । गैरसरकारी संस्था सुरु गर्ने आदर्श सर्तहरू र  ध्यान दिनुपर्ने कुराहरुको बारेमा पनि तामाङले जानकारी दिनुभएको थियो।

वहाँले संस्था खोल्नुको मिसन स्पष्ट हुनुपर्नेमा जोड दिनुभएको थियो। कुनै संस्था सुरु गर्नु अघि संस्थाको लक्ष्य, उदेश्य स्पष्ट भएमा मात्रै संस्था अघि बढ्न सघाउ पुग्ने वहाँको भनाइ थियो । संस्थाले पछी आउने चुनौती र अवरोधको लागि पनि तयार रहनु पर्ने पनि तामाङले  बताउनु भयो।

हाल २३ जना सदस्य रहेको अअपाङ्ग महिला संघ रुपन्देहीले अपाङ्गता भएका महिलाहरुका लागि विभिन्न व्यावसायिक मुलक तथा सीप मुलक तालिमहरुको आयोजना गर्दै आइरहेको छ ।

अपाङ्गता भएका बालबालिका तथा महिलाहरूको लागि शिक्षा, स्वास्थ र अधिकारका लागी आफू सधै लागि परेको संस्थाकि अध्यक्ष कल्पना ढकालले बताउनुभयो । ढकालले शिक्षा नितिहरुको बारेमा अपाङ्गता भएका बालबालिकाका अभिभावक अझै धेरै कुरा बुझ्न जरुरी रहेको बताउदै विभिन्न भौतिक संरचनाहरु अपाङ्ग मैत्री नहुदा दुख भैरहेको र क्षमता भएर पनि काम गर्न सक्छन् भन्ने कुरामा संकाले गर्दा धेरै अपाङ्गता भएकाहरु बेरोजगार बस्नु परेको बताउनुभयो ।