
लुम्बिनी स्पोर्ट्स कल्ब तिलोत्तमा ः१४, रुपन्देही र ब्याडमिन्टन २१ ले सञ्चालन गरेको ब्याडमिन्टन एकेडेमी अन्र्तगत अन्तर कल्ब ब्याडमिन्टन प्रतियोगिता शनिवार सुपौली स्थित कभर्ड हलमा सप्पन्न गरेको छ ।
४ वटा विद्यामा भएको प्रतियोगितामा अण्डर १७ छात्र तर्फ बिबेक अधिकारी बिजय र लेलिन राना उपबिजेता भएका छन् । त्यसै गरि अण्डर १५ छात्र तर्फ स्मित राना बिजय र डेनिस थापा उपबिजेता, अन्डर १३ छात्र अन्तरगत रेवस दगामी बिजय र रिदम थापा उपबिजेता बनेका छन् । अन्डर १५ छात्रा तर्फ भने प्रकृया गुरुङ बिजय र मान्यता थापा उपबिजेता बनेका छन् । कल्बका सल्लाहकार भिम बहादुर पुनले र कल्बका अध्यक्ष प्रत्त बहादुर पुनले बिजेता तथा उपबिजेता खेलाडिहरुलाई प्रमाण पत्र, मेडल र मायाको चिनो बितरण गरेका थिए । बिगत एक महिनाबाट नियमित प्रशिक्षण दिइरहेको एकेडेमीले निकट भविष्यमा नै जिल्ला, प्रदेस र राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने बताएको छ । कार्यक्रमको स्वागत दिनेश बुढा र सञ्चालन लेलिन रानाले गरेका थिए । प्रतियोगितामा २६ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।









