चन्दा भुषाल, जेठ २१ तिलाेत्तमा

तिलोत्तमा नगरपालिकाको आयोजनामा जेठ २७ गते आइतबार उद्यम ज्ञान तथा रोजगार सुचना मेला कार्यक्रम हुने भएको छ। तिलोत्तमा नगरपालिका वडा न. ९ मा अवस्थित बोधी भिल्लाको हलमा कार्यक्रम गर्न लागेको हो। तिलोत्तमा नगरभित्र रहेका युवा, बिद्यार्थी,उद्यमसगँ जोडिएका सबैलाइ एकै ठाउँमा जम्मा पारेर उद्यमसगँ जोडिन उत्प्रेरित गर्ने, सम्मान र उनिहरुले उत्पादन गरेका वस्तुहरुको प्रदर्शन साथै नीजि क्षेत्रसङ्ग सहकार्य गरेर योग्यता , सीप दक्षता भएका ब्यक्तिहरुलाइ केही मात्रामा भएपनि रोजगार दिलाउने उद्देश्यले कार्यक्रम गर्न लागकोे कार्यक्रमका संयोजक तथा वडा न. ६ का वडा अध्यक्ष गणेश पाठकले बताउनु भयो।


बेरोजगार युवायुवतिहरुलाइ स्थानिय सरकारले विभिन्न माध्यमबाट स्वदेशमै बसेर यहि माटोमा केही गर्न सकिन्छ भन्ने आशाको सन्चार गराउदै यो कार्यक्रम सबैको लागि एक अवसर बन्न सक्ने कुरामा पाठकले जोड दिनुभयो
त्यसैगरी उक्त कार्यक्रमका संयोजक सदस्य हरु सुरेन्द्र श्री र रवि सेन्चुरिले यस अभियान अर्थात कार्यक्रमलाई सफल बनाउनको लागि प्रचार प्रसारमा लागि परिरहेको जनाउदै तिलोत्तमा वासीहरुले यस कार्यक्रमलाई सुनौलो अवसरको रुपमा लिन आग्रह गर्नुभएको छ।