तिलाेत्तमा १५ काेटिहवा
नाेबेल इन्भायराेमेन्ट एकेडेमीले आज (साेमबार) नयाँ विद्यार्थी तथा नयाँ शिक्षक स्वागत , छात्रवृत्ति वितरण र व्याच वितरण कार्यक्रम सम्पन्न गरेकाे छ। रूपन्देहिकाे तिलाेत्तमा १५ काेटिहवामा अवस्थित नाेवेल इन्भायराेमेन्ट एकेडेमीको आयाेजनामा कार्यक्रम सम्पन्न भएको हाे । जसमा ०८१ काे शैक्षिक सत्रमा प्ले ग्रुप देखि कक्षा १० सम्मका नयाँ भर्ना भएका विद्यार्थी ३९ जना, नयाँ शिक्षक ६ जानलाई स्वागत गरिएको हाे। यस्तै प्ले ग्रुप देखि कक्षा १० सम्मका ६७ जनालाई छात्रवृत्ति प्रदान र ४० जनालाई स्काउटकाे व्याच वितरण गरिएको थियाे । असल शैक्षिक वातावरण,सिर्जनात्मक ज्ञान र उत्कृष्टता भन्ने नारालाई आत्मसात गर्दै नयाँ विद्यार्थीहरु, शिक्षकहरुलाई स्वागत तथा छात्रवृत्ति र व्याच वितरण विद्यालयका अध्यक्ष पुर्ण वहादुर गुरुङले प्रदान गर्नु भएको थियाे । कार्यक्रममा एकेडेमीका प्रिन्सिपल खिनु गुरुङ , एकेडेमीका प्रबन्धक सुन्दर गुरुङ , शिक्षक, विद्यार्थी , लगायतकाे सहभागिता रहेकाे कार्यक्रमकाे सन्चालन शिक्षक विनि दर्लामिले गर्नु भएको थियाे ।