
चन्दा भुषाल , तिलाेत्तमा
महिला नेतृत्व मंच द्दारा तिलोत्तमा वडा न. ८ मा ३० दिने बाध्यवादन तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम बुधबार सम्पन्न भएको छ। महिला नेतृत्व मंचका अध्यक्ष बाला घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रमलाइ सम्बोधन गर्दै नगरप्रमुख रामकृष्ण खाँडले यो तालिम १७ वटै वडामा सन्चालन गर्ने र यसको समयावधि बढाएर थप बाध्यबाधन सामाग्रीको खरिदको लागि आफ्नो ब्यक्तिगत सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो। यसैगरी वडा न. ८ का वडा सभापती केशव अर्याल , नेपाली कांग्रेस नगर सभापती हरिलाल पान्डे र प्रशिक्षार्थी दिपा न्यौपानेले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिती सदस्य महेश केसि, नेपाली काङ्ग्रेस जिल्ला सदस्य राजकुमार वाग्ले , लोक सास्कृतिक मंचका अध्यक्ष सङ्गिता घिमिरे, नेपाली काङ्ग्रेस क्षेत्रीय सदस्य अनिता बराल , क्रीकेट रंगशाला सदस्य सीता थापा कुवर , प्रशिक्षक वरिष्ठ भजन गायक बिश्नु कडेल लगायत ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो।उक्त कार्यक्रममा प्रशिक्षार्थिहरुले आफ्नो सिकाइ प्रस्तुत गरि कार्यक्रम हललाइ गुन्जायमान बनायका थिए ।सो कार्यक्रममा स्वागत मन्तब्य आयोजक टिमका उपाध्यक्ष चन्दा भुसालले गर्नुभएको थियो भने कार्यक्रम सन्चालन , टिमका सचिव कोपिला काफ्लेले गर्नुभएको थियो ।









