
तिलोत्तमा , रुपन्देही
लुम्बिनी स्पोर्ट्स कल्ब तिलोत्तमा वडा नं १४ सुपौलिमा नियमित ब्याडमिन्टन तालिम हुने भएको छ ।लुम्बिनी स्पोर्ट्स कल्बको हलमा हुने तालिम बैशाख १५ गते देखि नियमित सञ्चालन हुने आयाेजकले जनाएको छ ।
ब्याडमिन्टन ट्वान्टी वान र लुम्बिनी स्पोर्ट्स कल्ब बिच भएको सम्झौता अनुसार आधारभुत इन्टरमिडियम र एड्भान्स गरि तीन तहमा प्रशिक्षण हुने भएको छ । इन्डो नेपाल मैत्रीपुर्ण ब्याडमिन्टन खेल खेल्दै नेपाल भरी प्रतियोगिता खेलेको ब्याडमिन्टन ट्वान्टी वान भारतका प्रतिनिधि टोलि सोमबार तिलोत्तमा आएको थियो । ब्याडमिन्टन ट्वान्टी वान र लुम्बिनी स्पोर्ट्स कल्बका खेलाडीहरु बिचमा मैत्रीपुर्ण प्रतियोगिता भएको थियो ।

प्रतियोगितामा सहभागी नेपालका खेलाडीहरुलाई ब्याडमिन्टन ट्वान्टी वान भारतका अध्यक्ष बिकास शुक्लाले मेडल र प्रमाणपत्र बितरण गरेका थिए भने भारतिय खेलाडीहरुलाई लुम्बिनी स्पोर्ट्स कल्बका उपाध्यक्ष राजेन्द्र गुरुङले प्रमाणपत्र बितरण गरेका थिए ।तालिमको सम्झौता ब्याडमिन्टन ट्वान्टी वानका अध्यक्ष बिकास शुक्ला र लुम्बिनी स्पोर्ट्स कल्बका उपाध्यक्ष राजेन्द्र गुरुङको बिचमा सम्झौता भएको थियो । कार्यक्रमको अध्यक्षता लुम्बिनी स्पोर्ट्स कल्बका अध्यक्ष प्रत्त बहादुर पुनले गर्नु भएको थियाे भने स्वागत मन्तव्य उपाध्यक्ष राजेन्द्र गुरुङ र सञ्चालन सहसचिव सुन्दर गुरुङले गरेका थिए ।बैशाख १७ तिलोत्तमा नगरपालिकाको आयोजनामा र लुम्बिनी स्पोर्ट्स कल्बको ब्यवस्थापनमा ४५ प्लसको बिचमा तिलोत्तमा नगर स्तरिय ब्याडमिन्टन प्रतियोगिता हुने समेत कल्बका अध्यक्ष प्रत्त बहादुर पुनले जानकारी दिनुभयो ।











