
पार्वती थारु , तिलोत्तमा
रुपन्देहीको तिलोत्तमा ४ डिङगरनगरमा रहेको अन्तर्राष्ट्रिय बुद्ध परियति उदय विहारमा आज भोजन दान गरिएको छ । विहारमा नेपाल थारु राष्ट्रिय मन्चका केन्द्रीय अध्यक्ष रेखा प्रसाद चौधरिले भोजन दान गर्नु भएको हो । विहारमा अल्पकालिन सत् कुल पुत्त दस दिवसिय दुर्लव्य प्रवज्या श्रामणेर भिक्षुहरु १२० जनालाई आज चौधरिले भोजन दान गर्नु भएको थियो । यसै क्रममा बोल्दै उहाँले बौद्ध ज्ञान प्राप्त गर्न पाउनु भाग्यको को कुरा भएको बताउनु भयो । उहाले आफ्नो छोरालाई पनि उक्त विहारमा बुद्धको पन्चशिल ज्ञान आर्जनका लागि अल्पकालीन भिक्षु बनाई पठाउन पाएकोमा गर्व लागेको बताउनु भयो । यसैगरि थारु बौद्द समाज केन्द्रीय उपाध्यक्ष तथा थारु पण्डित रामकुमार चौधरिले जुनसुकै समुदायका मानिस अन्तर्राष्ट्रिय बुद्ध परियति उदय विहारमा आई बुद्धत्व प्राप्त गर्न सक्ने बताउनु भयो । उहाँले रुपन्देहीको देवदह नगरपालिका वडा नं ११ र १२ बाट १८ जना बालकलाई विहारमा शिक्षाको लागि ल्याएको बताउनु भयो । जसमा ७ वर्ष देखि १८ वर्षका रहेका छन् । उहाँले भन्नू भयो मानिसको जीवन अनित्य छ , सबै दिन शुभ हुन्छ , पन्चशील पालना गर्नु पर्छ जसले जिवनलाई सत्यको मार्गमा हिडाउँछ । गौतम बुद्धका अनुसार पन्चशीलमा १. हत्या हिसां नगर्ने २.झुठो नवोल्ने, ३.चोरि नगर्ने ,४. व्यभिचार नगर्ने र ५.मा मादक पदार्थको सेवन नगर्ने रहेका छन् । यी नियमलाई सबैले अनुसरण गर्नु पर्ने चौधरिले बताउनु भयो ।भोजन दान कार्यक्रममा थारु बौद्द समाज रुपन्देहीका जिल्ला अध्यक्ष राज चौधरि , थारु राष्ट्रिय मन्च रुपन्देहीका केन्द्रीय सचिव पार्वती थारु, समाजसेवि आशा देवि थारु लगायतको सहभागीता रहेको थियो । चैत २५ गतेदेखि सुरु भएको परियति बुद्ध ज्ञान शिक्षा आर्जन बैशाख ५ गते समापन हुने थारु बौद्द समाज केन्द्रीय उपाध्यक्ष तथा थारु पण्डित रामकुमार चौधरिले बताउनु भएको छ ।











