
पार्वती थारु, तिलाेत्तमा चैत २८
राष्ट्रिय जनमुक्ति पार्टी निर्वाचन क्षेत्र नं ३ रुपन्देहिकाे आयाेजनामा नयाँ वर्ष २०८१ काे शुभकामना आदनप्रदान र नेता तथा आगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । रुपन्देहीको तिलाेत्तमा वडा नं १३ मा रहेका मगर भवनमा चैत २८ गते बुधबार कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रमका प्रमुख आतिथि तथा राष्ट्रिय जनमुक्ति पार्टी केन्द्रीय कार्यकारि अध्यक्ष केशव बहादुर थापा (सुर्यवंशी) ले बाेल्दै अब शसक्त रुपमा जनताकाे बिचमा, सडकमा, सदनमा र सरकारमा पनि जाने बताउनु भयाे । नयाँ वर्ष २०८१काे शुभकामना दिदै उहाँले सबैमा उर्जा थाप्ने र सफल हुने शुभकामना व्यक्त गर्नु भयाे । हामी सचेत हुनुपर्छ , गाेल बद्द हुनुपर्ने सुझाव दिनु भयाे । उहाँले तार्किक रुपमा कुरा राख्दै हरेक जाति, समुदाय,भाषा, धर्म र संस्कृतिलाई सत्तामा पुर्याउने राष्ट्रिय जनमुक्ति पार्टीको मुल मन्त्र रहेकाे बताउनु भयाे । यसै गरि कार्यक्रमका अध्यक्ष तथा निर्वाचन क्षेत्र नं ३ क्षेत्रीय समितिका अध्यक्ष हरि दर्लामिले बाेल्दै एकले अर्कोलाई सहयाेग गर्दै अगाडि बढ्नु पर्ने बताउनु भयाे । उहाँले नयाँ वर्ष २०८१ काे शुभकामना दिदै हामी पनि मजबुत हुने र पार्टीलाई पनि मजबुत बनाउदै जाने बताउनु भयाे ।

कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टि तिलाेत्तमा नगरका अध्यक्ष राधिका श्रीस, नेपाल मगर महासंघका केन्द्रीय अध्यक्ष छत्र दर्लामी, राष्ट्रिय जनमुक्ति पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ , राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला सहसचिव भुम बहादुर बुढामगर लगायतले नयाँ वर्षको शुभकामना दिदै लगन र मिहेनतका साथ जानुपर्ने बताएका थिए ।
कार्यक्रममा पार्टीका प्रदेश उपाध्यक्ष लिलमाया राना, सचिव चित्र प्रसाद गुरुङ ,पार्टी जिल्ला अध्यक्ष प्रेमबहादुर थापा, निर्वाचन क्षेत्र नं ३ क्षेत्रीय समितिका उपाध्यक्ष आशा राना, संगठन सचिव मीन वहादुर पल्लि,काेषाध्यक्ष माया सारु, सदस्यहरु, पार्टीका संघिय महासभा सदस्य , पार्टी कार्यकर्ता, शुभेच्छुक , प्रतिनिधि, अगुवा कार्यकर्ता, समाजसेवि लगायत स्थानीयकाे सहभागिता रहेकाे थियाे । प्रमुख अतिथि केशव सुर्यजंशिले नव पार्टी प्रवेश गर्ने सदस्यहरुलाई सदस्यता प्रमाण पत्र प्रदान गर्दै स सम्मान पार्टी प्रवेश गराउनु भएको थियाे । पार्टीका निर्वाचन क्षेत्र नं ३ क्षेत्रीय समितिका अध्यक्ष हरि दर्लामिकाे अध्यक्षता रहेकाे कार्यक्रममा स्वागत मन्तव्य समितिका सचिव राधा कुमारि गुरुङले राख्नु भएको थियाे भने समितिका सह सचिव ओमबहादुर रानाले सन्चालन गर्नु भएको थियोे ।










