
पार्वती थारु ,तिलोत्तमा, चैत १७
रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा अवस्थित श्री ताज रेष्टुरेण्ट एण्ड लजको आज विशेष कार्यक्रम गरि समुद्घाटन गरिएको छ । श्री ताज रेष्टुरेण्ट एण्ड लजको तिलोत्तमा वडा नं ५ का वडा अध्यक्ष रमेश डुम्रेले रिवन काटेर तथा पानसमा दियो बालेर उद्घाटन गर्नु भएको हो । उहाँले उद्घाटन गर्दै सेवा भावले सन्चालन गर्न लागिएकाले साथ र सहयोग गर्ने बताउदै सफलताको शुभकामना दिनु भयो ।

विदेशमा काम गर्न निकै कठिन छ , आफ्नै पारिवारसगै रहेर काम गर्दा सफल भइन्छ भन्ने सोचले सेवा भावका साथ सन्चालन गरेको श्री ताज रेष्टुरेण्ट एण्ड लजका सन्चालक तथा प्रबन्धक सन्तोष ज्ञवालीले बताउनु भयो । सामाजिक सेवा नै ठुलो धर्म हो त्यसैलाई आत्मासात गरेर रेष्टुरेन्टको सन्चालन गर्न पाउँदा निकै खुसि लागेको बताउनु भयो । यस्तै टाढाबाट आउने या जानेलाई बास बस्नका लागि आकर्षक अटयाच रुम , खाना वस्ने सुविधा रहेको सन्चालक सुमन ज्ञावलीले बताउनु भयो ।यसका साथै मःम, चाउमिन, ललिपप, लेगपिस,भुटुवा चिकन फ्राई जस्ता नास्ता पाइने र अर्डर अनुसार खाजा नास्ताको होम डेलिभरि पनि गरिने उहाँले बताउनु भयो । उहाँले भन्नू भयो “हामी आफुले जे खान्छौ त्योभन्दा पनि स्वादिष्ट , सफा, ताजा, गुणस्तरिय खानामा जोड दिनु नै हाम्रो लक्ष्य हो । किनभने स्वास्थकर खानाले नै हाम्रो जीवन स्वास्थ र सुरक्षित हुन्छ ”। श्री ताज रेष्टुरेण्ट एण्ड लजको समुद्घाटन कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष रमेश डुम्रेको विशिष्ट अतिथ्यता रहेको थियो भने वडा सदस्य हरि पन्थ , धनपति पाण्डे , विरष्ठ ईन्जिनियर यामलाल पाण्डे , रेष्टुरेन्ट सन्चालकका बुवा बालकृष्ण ज्ञवली, आमा हुमकला ज्ञवाली , भाउजू रमा ज्ञवाली लगायत सपरिवारको सहभागिता रहेको कार्यक्रम को सन्चालन सन्चालक सुमन ज्ञवालीले गर्नु भएको थियो








