
पार्वती थारु, तिलाेेेत्तमा ,चैत ३
सुरक्षित पिउने पानी सहज र सर्वसुलभ हाम्रो उद्देश्य भन्ने नारासहित तिलोत्तमा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको पहिलो वार्षिक भेला २०८० सम्पन्न भएको छ । तिलोत्तमा १३ विसौरियामा अवस्थित संस्थाको शानिबार पहिलो वार्षिक भेला सगै कार्यलयको समुद्धघाटन पनि गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभाका सदस्य तुलसी प्रसाद चौधरीले रिवन काटेर कार्यलयको उद्द्धाटन गर्नु भएको थियो ।

उहाले असार मसान्त सम्म खानेपानीको दायित्वलाई पुरा गर्नै बताउनु भयो । यसैगरी तिलोत्तमा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था तिलोत्तमा १३ का अध्यक्ष माधव काफ्लेले खानेपानीका लागी पाइपको विस्तार, ढल निर्माण, चार्जिङ पोखरीको निर्माण लगायतको प्रस्ताव रहेको भन्दै संस्थाको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उहाले खानेपानी संस्था चल्ने र सेवा गर्ने संस्थाको रुपमा रहेको कार्य गरिरहेकोले उपभोक्ताले पनि यसमा सहकार्य गर्न जरुरी रहेको बताउनु भयो । यस्तै तिलोत्तमा वडा नं १३ का पुर्व वडा अध्यक्ष गणेश न्यौपानेले मन्तव्य राख्दै खानेपानीको समस्या वडा १३ र १४मा रहेकाले समयमै त्सप्रति सचेत रहदै आवश्यक पहलकदमी चल्नु पर्ने बताउनु भयो । अबका दिनमा सुरक्षित खानेपानीको पहुचबाट कोही पनि वान्चित नहोस् भन्दै संस्थाले अहोरात्र कार्य गरिरहेको भन्दै आफुले पनि सक्दो सहयोग गर्दै आएको र गर्दै जाने बताउनु भयो ।

यसैगरी खानेपानी डिभिजन कार्यालय योगीकुटीका प्रमुख राजकुमार चौधरीले मुख्य योजनाका साथ खानेपानीको विषयमा कार्य गरिरहेको बताउनु भयो । उहाँले पानी मात्र भएर हुदैन गुणस्तरीय पानी हुनुपर्छ , पानी चौविसौ घण्टा नागरिकको पहुचँमा हुनुपर्छ र प्रयोग वापतको पानीको महसुल बुझाउन तत्पर रहनु पर्छ, खानेपानी संस्थान र प्रयोग गर्ने उपभोक्ताका वीचमा सन्तर सम्बन्ध रहेकाले एकले अर्कालाई सहयोग गर्दै जानुर्पर्नेमा उहाले जोड दिनु भयो ।
यस्तै मन्तव्यका क्रममा मधवालिया खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष लेखनाथ पाण्डेले तिलोत्तमा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले छोटो समयमा छिटो काम सम्पन्न गरेकोमा धन्यावाद व्यक्त गर्नु भयो । लुम्बिनी प्रदेश सभाका सभासद तुलसी प्रसाद चौधरीको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिमा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाडँ, उपप्रमुख जागेशवर देवी चौधरी, तिलोत्तमा वडा नं १३ का वडा अध्यक्ष नारायण ढकाल रहनु भएको थियो । यसैगरी तिलोत्तमा १३ का टोल विकास समितिका अध्यक्ष छविलाल सोमै मगर, वडा नं १४ का वडा अध्यक्ष अश्विन पौडेल , लुम्बिनी प्रदेशका पुर्व सांसद रमा आर्यल , तिलोत्तमा वडा नं १३ का पुर्व वडा अध्यक्ष गणेश न्यौपाने , चिल्हीय प्रहरी चौकीका प्रमुख सुदन पन्थीको अतिथ्यता रहेको थियो ।

सम्पन्न साधारण सभामा उपभोक्ता , पदाधिकारी , स्थानीय लगायतको सहभागी रहेको थियो । सहयोगी उपभोक्ता सदस्यलाई सम्मान पनि गरिएको थियो । आज सम्पन्न भएको कार्यक्रममा तिलोत्तमा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था विसौरियाका अध्यक्ष माधव काफ्लेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समितिका सदस्य आशाकुमारी चौधरीको स्वागत मन्तव्य रहेको थियो भने सन्चालन संस्थाका सचिव धनवहादुर चौधरीले गर्नु भएको थियो ।











