पार्वती थारु ,फागुन ९, तिलाेेेत्तमा

रुपन्देहीको तिलोत्तमा नगरपालिका १३ मा आजबाट छठौ न्यु सृजना कप फुटबल प्रतियोगिता २०८० हुदै छ ।आज देखि सुरु हुने फुटबल प्रतियोगिता फागुन २६ गतेसम्म सञ्चालन हुने छ। तिलोत्तमा १३ कौजियाको न्यु सीटी युवा कल्बको खेल मैदानमा आज दिउसो २ ः ३० वजेबाट खेल सुरु हुदै छ । आजको उद्घाटन खेल तिलोत्तमा नगरपालिकाका उपमेयर जागेश्वर देवी चौधरीद्धारा गरिने क्लबका अध्यक्ष सोवित थापा दर्लामीले बताउनु भयो । आजको उद्घाटन खेल सिद्धार्द कल्ब चपरहट्टी र शुद्धाधन गाउपालिका सुद्धोधनवीच हुदै छ । प्रतियोगितामा रुपन्देहीका उत्कृष्ट १६ फुटबल टोलीको सहभागितारहेको छ । स्वः खगी गुरुङसेनीको स्मृतिमा श्रीमान् क्याप्टेन नरजंग गुरुङको मुख्य प्रायोजन तथा तिलोत्तमा नगरपालिकाको सहयोगमा प्रतियोगिता आयोजना भएको हो । खेलाडी उत्पादन गर्न सहयोग पुग्ने आयोजक संस्थाका अध्यक्ष सोभित दर्लामी मगरले जानकारी दिए । प्रतियोगिताका बिजेताले नगद १ लाख १६ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता हुने टोलीले नगद रु ६० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पाउने आयोजक संस्थाका बरिष्ठ सल्लाहकार धन बहादुर चौधरीले जानकारी दिए । विद्यागत उत्कृष्ट खेलाडी लाई समेत नगद राशी सही पुरस्कृत गरिने छ । खेल हेर्नका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।