पार्वती  थारू

फागुन २, बुटवल

नेपालको प्रथम सहिद क्यापटेन लखन थापा मगरकाे १४७ औ स्मृति दिवस भब्य  रुपमा मनाइएको छ । फागुन २ गते बुधबार बुटवलकाे लखनचाेकमा  स्मृति दिवस मनाइएकाे हाे । १० औ  वर्ष अगाडि  नेपालका प्रथम सहिद लखन थापाकाे शालिक बुटवलकाे चाैराहमा स्थापना गरिएकाे  थियाे । कार्यक्रममा बोल्दै  लखन चाैराह नाम रहने भनिए पनि राजमार्ग चाैराह भनिन्छ  तर खासगरि लखन चाैराह रहेकाे नेपाल मगर सघं जिल्ला समिति रूपन्देहीका अध्यक्ष प्रेमबहादुर थापाले बताउनु भयाे । उहाले देशका लागि विलदान दिएका वीर सहिदकाे सम्मान गर्नुपर्ने  बताउनु भयाे । नेपाल मगर सघं जिल्ला  समिति रूपन्देहीका अध्यक्ष प्रेम बहादुर थापाको आतिथ्यता रहेको कार्यक्रममा  बुटवल उपमहानगरपालिकाका मेयर अेलराज पाण्डेकाे विशिष्ठा आतिथ्यता रहेको थियो । नेपाल मगर संघ केन्द्रिय  समितिका उपमहासचिव कमला थापाकाे प्रमुख  आतिथ्यता रहेको थियो । भव्य रुपमा सम्म्पन्न भएको कार्यक्रमको सन्चालन जिल्ला  समितिका सचिव इन्दु थापाले गर्नुभएको थियो ।