
धनवहादुर चौधरी तिलोत्तमा १३ करौजियाका स्थानीय किसान
“म किसानको छोरा हो, किसान हो र किसान हुँ भन्न पाउँदा गर्व पनि गर्छु । म त्यो किसान हो जस्को सम्बन्ध माटो देखि सुरु भएर देशसगँ , राष्ट्र र राष्ट्रियता सगँ पनि जोडिएको छ” ।

विहान उठेदेखि राति अबेर सम्म एउटा मात्रै चिन्ता हुन्छ भोलि के गर्ने ,सायद राजनैतिक नेतृत्वले पनि भोलि देश र जनताको सेवा कसरी गर्ने भनेर सोच्थे भने हामी सम्पन्न हुन्थ्यौ होईन ? खोई त ? यसरी सहज र सरल जीवन हुन सक्छ , सक्दैन। म पनि हार खाई सकेको थिए तर मेरो बाबा र आमाले गरेको
किसानीको याद आयो । मैले यो जाबो खेतीपातीले के नै हुन्छ र भनेर हिलोमा जान डराउने आज त्यहि हिलोमाटो सगँ अपार स्नेह गाँसियो। नसा नसामा किसानि रगत दौडिरहेको छ , त्यसै पनि होला म अथक भईसकेको छु । म सम्मान गर्छु मेरो आमा बाबाको ,उहाँको लगन र कामको र मलाई हस्तान्तरण गरेको किसानि ज्ञानको जसले आज मलाई मेरो सहज जीवन यापनमा साथ दिईरहेको छ ।

म अथक छु म थाक्दैन किनकि म थाँके भने म मात्रै होईन मसँगै मेरो परिवारलाई भोकोपेट बस्नु पर्छ , म महसुस गरिसकेको को छु दिनदिनै भोकमरिको समस्या आउदै छ , उहीँ १२ महिना ,उहीँ मौसम फर्किन्छ तर किसानको समय फर्किएन । अनि म कुन कारणले भनु जीवन सहज र सरल छ ! छैन ।
दुःख छ , पीडा छ, चिन्ता छ , आजको यो प्राविधिक युगमा पनि भोको पेटलाई भर्ने वस्तु बनाउन सकेको छैन , केवल किसान मात्र त्यो मेसिन हो जसले आधारभुत आवश्यकता पूरा गरिरहेको छ , भोको पेट भरिरहेको छ , तर मुल्यांकन छैन । म सोध्छु तपाईंले कुन अधिकारले किसानको मेहनत , लगन , परिश्रम र पसिनाको त्यागलाई बेवास्ता गरेको ? कुन हैसियतले तपाईले किसानको बलिदानलाई सम्मान नगरेको ? मेरो प्रश्न छ तपाईलाई । के तपाईं बस्ने पर्लयमेन्टमा किसानले उव्जाएको अन्न खाँदैनन्! विदेशबाटै किने पनि त अखिरमा खाने किसानीले कडा मेहनतले उब्जाएको अन्नबाली हो , त्यहाँ सम्म सोच्ने नेतृत्व खोई ? छैन । अनि सरल र सहज जीवन यो समाज कसरी हुन्छ भन्नुस त !
मेरो बाबाले खेतिपाति गर भनेर भन्दा मलेशिया गए, कमाउछु अनि रमाउछु , १० वर्ष गरेर पनि हात लाग्यो शुन्य भए । हो विज्ञान र प्रविधि छ आज , हिजोको दिनमा २ दिन लागएर गोरुले जोत्ने खोत आज म ट्याक्टरले ५ मिनेटमै जोतेर सक्काउछु तर यतिले मात्रै नहुने रहेछ के लगन, मेहनत, परिश्रम, लगाव चाहिन्छ , चर्काे घाममा सेकिएर, वार्षिने पानिमा भिजिएर, लुगलुग कापेर, हिलोमा भाँसिएर , पसिनाले नुहाएर, भोक र तिर्खालाई थुक बनाइ निलेर बल्लबल्ल फल्छ यो किसानको बाली , त्यस पछि पनि उचित मूल्य नपाउनु, राज्यको नीति नै नहुनु गणतन्त्रको तीन सरकार, गाउँगाउँमा पुगेको यो सरकारको चासोको विषयमा नै नपर्नु , यस्तै कति धेरै समस्या र पीडा छ । किसानलाई ।

तर पनि म मैले गरिरहेको यो किसानि कर्मप्रती गर्व गर्छु , सम्मान गर्छु त्यो पुस्तालाई जस्ले कर्म गर्न सिकायो माटोमा, म गर्व गर्छु आमा बाबा लाई जस्ले सगँसगै माटो सगँको साईनो बनाईदिए र म गर्व गर्छु यो माटो प्रती जहाँ मेरो श्रम गर्न पाईरहेको छु । म यहि भन्छु जुनसुकै काम गरौं सम्मानपुर्वक गरौं, व्यवहारिक बनौं समय खेर न फालौं । तपाईंको रोजाईको अरु काम हुन सक्छन् मैले रोजेको कर्म किसानी हो । यो बनावटि , देखावटि , आडम्बरी हुदैन व्यवहारिक हुन्छ त्यसैले म व्यवहारिक किसान पनि हुँ । अनि मात्र जीवन सरल र सहज हुन्छ ।








